उदयपुरमा आगलागीमा ३ वर्षिय बालक जलेको आशंका, आगो नियन्त्रण बाहिर
उदयपुर । उदयपुरमा आइतबार साँझ आगलागीमा एक बालक जलेको आशंका गरिएको छ । कटारी नगरपालिका वडा नं. १० आइतबार साँझ ४ः४५ बजेको समयमा पालसिङ्गको बरालथुम्कामा आगलागीमा परि सुजन थापाको ३ वर्षिय छोरा अर्विन थापा आगोमा जलेको आशंका गरिएको छ ।
घरमा केटाकेटी बाहेक अरु कोही नभएको बेला अचानक प्रकाश थापाको घर नजिकबाट शुरु भएको आगोले तीन दाजुभाईको घर, गुहाली र मच्चान जलेर पूर्ण रुपमा नष्ट भएको कटारी नगरपालिका १० का...













