उदयपुर । उदयपुरमा आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार ११ महिला र ८ पुरुष गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज सवैभन्दा बढी त्रियुगा नगरपालिका वडा नं. १६ मा १० जना, वडा नं. १० मा एक जनामा कोरोना संक्रमण देखिएको छ । चौदण्डीगढी नगरपालिकामा ६ जना र रौतामाई गाउँपालिकामा एक जनामा कोरोना पुष्टी भएको छ ।
जिल्लामा अहिलेसम्म ४२१ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ । कोरोना देखिएको मध्ये ३८७ जना सक्रिय संक्रमित अर्थात उपचाररत संख्या हुन भने २३ जना कोरोनामुक्त भएका छन । कोरोनाबाट ११ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म त्रियुगा नगरपालिकामा २१२ जनामा कोरोना संक्रमण भएको छ । जसमा ७ जना कोरोनामुक्त भएका छन भने ८ जनाको मृत्यु भएको छ । यस्तै सक्रिय संक्रमित अर्थात उपचाररत ७९ महिला र ११८ पुरुष गरी १९७ रहेको छ ।
अहिलेसम्म कटारी नगरपालिकामा ३७ जनामा कोरोना संक्रमण भएको तथ्याङ्कले देखाउँछ । जसमा १ जना कोरोनामुक्त भएका छन भने सक्रिय संक्रमित अर्थात उपचाररत १४ महिला र २१ पुरुष गरी ३५ जना रहेको छ ।
बेलका नगरपालिकामा अहिलेसम्म ६७ जनामा कोरोना देखिएको छ । कोरोना देखिएको मध्ये एक जना मात्रै कोरोनामुक्त भएका छन । बाँकी ६६ जना सक्रिय संक्रमित विरामीको उपचाररत रहेका छन् ।
चौदण्डीगढी नगरपालिकामा अहिलेसम्म ७१ जनामा कोरोना देखिएको छ । कोरोना देखिएको मध्ये ९ जना कोरोनामुक्त भएका छन भने ३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ५९ जना रहेको छ । उनीहरुमध्ये केही होम आइसोलेशनमा उपचाररत रहेका छन भने केही उदयपुर कोभिड अस्पताल बेल्टारमा उपचाररत रहेको छ ।
रौतामाई गाउँपालिकामा अहिलेसम्म १७ जनामा कोरोना देखिएको छ । कोरोना देखिएको मध्ये २ जना कोरोनामुक्त भएका छन् भने १५ जना सक्रिय संक्रमित उपचाररत रहेको छ ।
उदयपुरगढी गाउँपालिकामा अहिलेसम्म ७ जनामा कोरोना देखिएकोमध्ये सवै सक्रिय संक्रमित हुन । भने कोरोनामुक्त र मृतक शुन्य रहेको छ ।
लिम्चुङबुङ गाउँपालिकामा अहिलेसम्म ९ जनामा कोरोना देखिएको छ । भने एक जना कोरोनामुक्त भएको देखिन्छ । आठ जना सक्रिय कोरोना संक्रमित उपचाररत रहेका छन् ।
यस्तै ताप्ली गाउँपालिकामा एक महिला कोरोना संक्रमणबाट मृत्यु भएको छ भने संक्रमित संख्या शुन्य रहेको छ ।









