कटारी । उदयपुरको कटारी नगरपालिका २ गराँस स्थिति रहेको हरियाली पार्कमा एकजना बृद्धि मृत अवस्थामा फेला परेका छन् । प्रहरी चौकी बेलस्रोतका प्रमुख राजकुमार मेहेता आइतबार मृत अवस्थामा फेला परेको जानकारी दिए ।उनका अनुसार कटारी नगरपालिका २ को उदयपुर र सिन्धुली जिल्लाको सिमाना झोलुंगे पुल हरियाली पार्क नजिक एक साँझ ६ वजे फेला परेका हुन् । ‘अन्दाजी ६० देखि ६५ वर्षको उमेर भएका, दारी फुलेका व्यक्ति मृत अवस्थामा भेटिएका छन्,’ उनले भने, ‘पोस्माटको लागि कटारी अस्पताल पठाउने तयारी गरिएको छ, बाँकी भे भएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको

कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेम थापाले गाईबस्तु चराउन गएकाहरुले शब देखेपछि आफुलाई खबर गरेको र आफुले प्रहरीलाई खबर गरेको जानकारी दिए । ‘मृतको अहिलेसम्म कुनै पनि पहिचान खुलेको छैन,’ उनले भने, ‘कहाँ व्यक्ति हुन ? के गरि बेवारिसे भए भन्ने अनुसन्धान प्रहरीले गर्छ भन्ने लागेको छ ।’

उनले शबको फोटो चिन्नु हुने जो कोहीरकसैले पनि प्रहरी चौकी कटारीमा सम्पर्क गर्न अनुरोध पनि गरेका छन् ।

तपाईको प्रतिक्रिया