उदयपुरमा विधुत सर्ट भई आगलागी हुँदा ५ घर पूर्णरुपमा जलेर नष्ट
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ८ वीरेन्द्र बजारमा आईतबार विहान भएको आगलागीबाट एकै ठाउँका ५ घर जलेर नष्ट भएका छन् भने थप २ स्थानीयको पनि धनमाल क्षति पुगेको छ । स्थानीय भरत राईको घरमा विहान ४ः१५ बजे विद्युत सर्ट भई आगलागी हुँदा उनको सँगै छिमेकी आधादर्जनको घर र धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
सबै ओछ्यामै रहेका बेला झिसमिसे उज्यालोमा एक्कासी फैलिएको आगोले राईको घर र घरभित्र र...











