उदयपुर । उदयपुरमा शनिबार अहिले सम्मकै उच्च संक्रमित थपिएको छ । शनिबार एकै पटक ३८ महिला र ३० पुरुष गरी ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार शनिबार थप भएकाहरुसँगै उदयपुरमा सक्रिय कोरोना संक्रमितको संख्या ५४४ पुगेको छ । सवै भन्दा बढी त्रियुगा नगरपालिकामा थपिएको छ । १२ महिला र १४ पुरुष गरी २६ जना संक्रमित त्रियुगा नगरपालिकामा थपिएको छ ।

चौदण्डीगढी गाउँपालिकामा ९ महिला र ४ पुरुष गरी १३ जना, लिम्चुङबुङ गाउँपालिकामा ५ महिला र ४ पुरुष गरी ९ जना, बेलका नगरपालिकामा ५ महिला र ४ पुरुष गरी ९ जना, रौतामाई गाउँपालिकामा ३ महिला र ५ पुरुष गरी ८ जना, उदयपुरगढी गाउँपालिकामा ४ महिला र १ पुरुष गरी ५ जना र कटारी नगरपालिकामा एक पुरुषमा कोरोना देखिएको छ ।आज मृत्यु हुनेमा ५ जना पुरुष रहेको तथ्याङकमा उल्लेख छ । त्रियुगा नगरपालिकाका तीन जना, कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाका एक एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ का ४२ वर्षिय पुरुष र ८५ वर्षिय वृद्धा रहेका छन् । त्रियुगा नगरपालिका ४ का ४६ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएकोा छ ।

यस्तै कटारी नगरपालिका ४ का ८४ वर्षिय वृद्ध र उदयपुरगढी गाउँपालिका ७ का ४७ वर्षिय युवकको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या ६५५ पुगेको छ भने ५४४ जना संक्रिय कोरोना संक्रमितको उपचार भईरहेको छ । अहिलेसम्म ८८ जना कोरोनामुक्त भएका छन भने २३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया