उदयपुरका कोभिड विरामी छटपटाउँदै, भेन्टिलेटरसहित आइसियु कक्षमा ताला
उदयपुर । एक वर्ष अघि पहिलो चरणमा विश्वभर त्राहीत्राही बनाईरहेको कोभिड एक्कासी उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्के स्थित नुरी मस्जिदमा एकै ठूलो संख्यामा कोरोना देखिएपछि जिल्लाबासीमा त्रास छाउन स्वभाविक थियो । सर्वसाधारणसँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रशासक र प्रहरी सबै आत्तिन थाले । उपचार गर्ने व्यवस्था काठमाडौं, धरान र विराटनगरमा मात्र भएकाले अकालमा मर्नुपर्ने त्रास देखेका जनताले उदय...












