उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२९ पुगेको छ । आज (बुधबार) उदयपुरमा २० महिला र १८ पुरुष गरी ३८ जनामा कोरोना पुष्टी भएको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा १० महिला र ९ पुरुष गरी १९ जनामा कोरोना पुष्टी भएको छ ।
यस्तै बेलका नगरपालिकामा २ महिला र ३ पुरुष गरी ५ जना, उदयपुरगढी गाउँपालिकामा ४ महिला र ३ पुरुष गरी ७ जना, ताप्ली गाउँपालिकामा ३ महिला र ३ पुरुष गरी ६ जना र रौतामाई गाउँपालिकामा एक महिलामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ ।
उदयपुरमा कोरोना संक्रमणबाट दाजुभाईको मृत्यु भएको छ । कोरोनाबाट रौतामाई गाउँपालिका ७ का एक ५१ वर्षिय पुरुषको मंगलबार नोवेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । मृतकको साइला भाइको जेष्ठ १५ गते कोरोना संक्रमणबाट विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।
अहिलेसम्म कोरोनाबाट ११ महिला र २५पुरुष गरी ३६ जनाको मृत्यु भएको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा मृत्यु भएको छ ।
अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ४७३ महिला र ५७१ पुरुष गरी एक हजार ३२९ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या एक हजार ४४ जना रहेको छ । बुधबार १० जना मात्रै कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २४९ पुगेको छ ।









