राजेन्द्र महतो, लहान । करेन्ट लागेर सिरहामा एक पुरुष को मृत्यु भएको छ। जिल्लाको नवराजपुर गाउँ पालिका २ मझौराका ३५ बर्शिय लक्ष्मण महतोको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो ।
लहान नगरपालिकाका ८ स्थित ससुराली घरमा केहि बर्ष देखि बस्दै आएका महतोको शुक्रबार बिहान हात मुख धुनेक्रममा टुवेलमा जडान गरिएको पानी तान्न्ने मोटरमा बिधुत प्रवाह भई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
महतोलाई शरीरमा बिधुत प्रवाह भई उपचारको लागि अस्पताल लगदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा राखिएको छ ।









