एउटै तेलको ट्याङ्करको ठक्करबाट फरक फरक स्थानमा दुई बालिकाको ज्यान गयो
सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा एउटै तेलको ट्याङ्करले दुई किलोमिटरको दुरीमा दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।शनिबार पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ७ ख ५४९५ नम्बरको तेलको ट्याङ्करले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई सितापुरमा ठक्क...













