उदयपुर । उदयपुरको त्रियुगा नगर स्वास्थ्य सहसंयोजक उत्कृष्ठ कर्मचारी घोषित भएको छ । विश्वव्यापी रुपमा फैलिएको पहिलो र दोस्रो चरणको कोराना विरुद्धको अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै त्रियुगा नगरपालिकाको सातौं नगर सभाले स्वास्थ्य सहसंयोजक अवध नारायण चौधरीलाई उत्कृष्ठ कर्मचारी घोषित गरेको हो ।
पहिलो चरणको कोरोना हवको रुपमा त्रियुगा नगरपालिका ३ भुल्केमा देखिएकोमा त्यसलाई न्यूनीकरण गर्न उत्कृष्ठ भूमिका खेलेको र दोस्रो चरणको कोरोना विरुद्धको अभियानमा पनि त्यतिकै सहभागीता रहेकोले कामको कदर गर्दै उत्कृष्ठ कर्मचारी घोषित भएको हो ।
उनलाई उपमेयर देवी कुमारी चौधरी खाद्या र मेयर बलदेव चौधरीले सम्मान पत्र दिएर सम्मान गरेको हो ।









