उदयपुर । त्रियुगा नगरपालिकाको सातौं नगर सभाले ईतिहासकार तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङलाई सम्मान गरेको छ ।
उदयपुर जिल्ला र त्रियुगा सभ्यताको प्रागैतिहासिक कालखण्डदेखि वर्तमान कालसम्मलाई उजिल्याउन सफल भएको भन्दै सम्मानित गरेको हो । उदयपुरको ईतिहास (प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्म) नामक कृति प्र्रकाशन गरी त्रियुगा सभ्यताको पहिचान स्थापित गर्न अतुलनीय योगदान गरेको भन्दै नगद २१ हजार सहित सम्मान पत्र प्रदान गरेको छ ।

ईतिहासकार तथा वरिष्ठ पत्रकार चेम्जोङलाई मेयर बलदेव चौधरीले सम्मान पत्र प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया