उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ खारखोला स्थित मदन भण्डारी राजमार्गमा तत्काल नम्बर नखुलेको मोटर साइकललाई ठक्कर दिएर घाइते बनाई फरार मोटर साइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेष्ठ २७ गते अन्दाजी साँझ ६ बजेको समयमा बेलका नगरपालिका ९ खारखोलाका ७५ वर्षिय संसारी दर्जीलाई ठक्कर दिएर फरार मोटर साइकल र चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

मोटर साइकल सहित पक्राउ पर्नेमा बा. ४५ प १४८३ नम्बरको मोटर साइकल चालक त्रियुगा नगरपालिका गाईघाट बस्ने १८ वर्षिय सुरज खड्कालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । मोटर साइकल र चालकलाई थप अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया