उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ बसपार्कबाट एक थान पेस्तोलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेमा त्रियुगा नगरपालिका ३ का ५० वर्षीय प्रशुराम चौधरी, उनका कान्छी श्रीमति श्यामकुमारी चौधरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ बस्ने २३ वर्षीय बबी चौधरी रहेको छ । उनीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रशुरामको घरमा हातहतियार रहेको भन्ने सूचनाको आधारमा पेस्तोल फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया