उदयपुर । उदयपुरमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई गाउँपालिका–७ का करिब वर्ष ३२ का तुल बहादुर केप्छाकी मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सोमवार दिउँसो १ बजे रौतामाई गाउँपालिका–१ टाट्नेस्थित भित्रि सडक खण्डमा गाईघाटबाट लिम्चुङबुङ जाँदै गरेको स १ त ६८५८ नम्वरको ट्याक्टरबाट लडेर उनको मृत्यु भएको हो ।

लडेर गम्भीर घाईते मगरको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर र चालक उदयपुर रौतामाई गाउँपालिका–७ का चेतु दमाईलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया