उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ मा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । ताप्ली गाउँपालिका २ स्थायी घर भई लिमचुङबुङ ३ दोबाटेस्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको हो ।
भैंसी चराउन गएका परियार शुक्रबार दिउँसो १ः०० बजे विद्युतको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट अनुसन्धानका लागि घट्ना स्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टोली पुगेपछि घट्नास्थलको सर्जजमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।









