त्रियुगा नगरपालिकामा ५ हजार ४ सयले खोप लगाए
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा दोस्रो दिनसम्म ५ हजार ३ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो दिन २ हजार ३० जनाले लगाएका थिए भने दोस्रो दिन २ हजार ९ सय ४१ जनाले लगाएका छन् ।
५५ वर्षमाथिका सवै, सार्वजनिक यातायातका चालक सहचालक, शिक्षक प्रधानाध्यापक, विद्यालय कर्मचारी, बैदेशिक रोजगारीमा जाने भिषा लागेका व्यक्ति, पहिलो डोज भेरोसिल खोप लगाएर दोस्रो डोज छुटेकाहरु, अत्यावश्यक कामम...













