उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ
उदयपुर । उदयपुरमा सामूहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ परेको छ । जिल्लामा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरूमा उदयपुरगढी गाउँपालिका–६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू रहेका छन् । उनीहरु विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता समे...













