उदयपुर । उदयपुरमा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ । बुधबार साँझ ७ बजे अघि नै खेतबाट फर्कने क्रममा अविरल वर्षातसँगै परेको चट्याङले त्रियुगा नगरपालिका ८ उत्तराईरटोल देउरीका विरेन्द्र प्रसाद चौधरीका अन्दाजी १५ वर्षिय छोरा निशान्त चौधरीको मृत्यु भएको छ । चट्याङले गम्भिर घाइते बालकलाई जिल्ला अस्पताल बोक्से पुर्याएपछि ८ः४० बजे मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिए ।

चट्याङले गम्भिर घाइते बालकलाई उपचारको लागि लैजानेक्रममा सरस्वती खोलामा आएको बाढीले तर्न नसक्दा मृत्यु भएको पीडित परिवारले जनाएको छ । सरस्वती खोलाको बाढीले डेढ घण्टासम्म विरामीलाई तर्न नसकेपछि गम्भिर घाइते बालकको मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

सरस्वती खोलामा आएको बढीले तर्न नसक्दा झन्डै २ घन्टा पछि उद्घार गरेर उपचारको लागि लगिएको थियो । उपचारको लागि लगिएपनि बालकलाई बचाउन नसकिएको स्थानीय पुष्पराज चौधरीले बताए । सरस्वती खोलामा पुल नहुँदा बर्सौदेखि मानिसहरु बाढीले भेलमा बग्नु पर्ने बाध्यता रहेको चौधरीले बताए । राज्यको आँखामा जहिले पनि हामी उत्तराईर टोल देउरीबासीलाई सौतेनी व्यवहार गरेको उनले गुनासो गरे ।

उत्तराईर टोल देउरी त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीको पनि पुरानो गाउँ हो ।

तपाईको प्रतिक्रिया