उदयपुर ।  दुई दिनदेखिको लगातारको वर्षातले उदयपुरमा एक घर पहिरोले पुरिएको छ । विहिबार राति रौतामाई गाउँपालिका ६ बोलुङ्खामा पहिरो जाँदा अर्जुन विकको घर पुरेको छ । यस बारे रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्कासँग बुझ्न खोज्दा घर पुरिएको बारे जानकारी आएपनि क्षतिबारे पूर्ण जानकारी आई नपुगेको बताए । मानवीय क्षति नभएको र थप विवरण आउँन बाँकी रहेको छ ।

तस्विर : चाम्लिङ बान्तवाको फेसबुकबाट

तपाईको प्रतिक्रिया