उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित भालु खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । स्थानीय यम कुमार राईको १३ वर्षिय छोरी यसिका राईलाई आइतबार विहान ७ बजे भालु खोलाले बगाउँदा ज्यान गएको हो ।

भालु खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नं. को आफ्नै अटो निकाल्न घर परिवारसँग गएकोमा क्रममा उक्त खोलामा माथिबाट एक्कासी बाढी आई उक्त अटो र बालिकालाई बगाएको थियो ।

खोलाले बगाउँदा अटो करिव ५ सय मिटर तल फेला परेको थियो भने बालिका घटना स्थलबाट करिव ८ किलो मिटर तल त्रियुगा नगरपालिका ९ स्थित त्रियुगा खोलामा शव फेला परेको थियो । शवको प्रकृति मुचुल्का तयार पारि पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया