बर्दीमा रहेको प्रहरीले सेनाको जवानलाई थुकेपछि…
गाईघाट । ‘हेर मेरो परिचय पत्रमा किन थुकिस, मेरो परिचय पत्रमा थुक्ने, तैले बर्दी नलगाएको भए तेरो मर्मत गर्थे ?’
करिव ११ बजेर ३० मिनेटको समयमा जिल्ला अस्पताल परिसरमा एक जना युवा एकहोरो गाली गरी रहेका थिए । एक जना नेपाल प्रहरीका जवान ती कराउने व्यक्तीको अगाडी आफ्नै पाराले गाली गर्ने युवाको प्रतिरक्षा गरिरहेका देखिन्थे । दुई जना प्रहरीका हवल्दारहरु भिडबाट उम्किन पाए हुन्थ्यो भनेर केही नबोली टुलुटुल...













