उदयपुर । खोलाले बगाउँदा उदयपुरमा एकजनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–५ बिलाउनेस्थित कोरिया खोला तर्ने क्रममा बगाएर सोही ठाउँ बस्ने ४० वर्षीय टुकबहादुर खड्काको मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको चहकासम्म दुध पुर्याएर आउने क्रममा खोलाले बगाएर मृत्यु भएको हो ।
लाशको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । स्थानीयहरुलाई दमौटी देखि चहकासम्म पुग्न कोरिया खोला सात ठाउँमा तर्नु पर्ने बाध्यता रहेको छ ।









