उदयपुर । उदयपुरमा खोलाले बगाएर थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालका ८ महादेवस्थान बस्ने ५९ वर्षिय कृष्ण बहादुर श्रेष्ठ रहेका छन् ।
नेपालटारबाट घर फर्कने क्रममा मंगलबार साँझ ६ बजेको समयमा बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको थियो । खोलाले एक किलोमिटर बगाई ढुंगाको चेपमा अडकिएको अवस्थामा बुधबार मात्रै शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुर पठाएको प्रहरीले जनाएको छ ।
मृतक हुलाक कार्यालय नरेटारको अतिरिक्त पत्र वाहाक कर्मचारी हुन् ।









