उदयपुर । बेलका नगरपालिका वडा नं. २ शान्ति नगरटोलमा दाह संस्कार गर्न लागेका एक वालक शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीय विश्वनाथ चन्द्रवंशीको २ बर्षिया छोरा भरत चन्द्रबंशीको शव घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
वालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
शनिबार दिउसो हराएका वाल आईतबार बिहान गिनेरी खोलामा मृत फेला परेपछि पानीबाट झिकेर दाहसंस्कारको लागि घरमा राखेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार वालकको गिदेरी खोलामा डुबी मृत्यु भएको अबस्थामा निजकै दाजु सुमन चन्द्रबंशीले देखी निजले पानिबाट झिकी घरमा लगी राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरिक्षकको टोलीले शवको घटना प्रकृती मुचुल्का उठाई शवलाई पोष्टमार्टमको लागी धरान पठाएको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
डिएसपी गौतमका अनुसार कालगतीदेखि वाहेकको मृत्युको प्रहरीले अनुसन्धान गर्नै पर्ने भएकोले शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टम सहित कानुनी प्रक्रिया सुरु गरिएको हो ।









