उदयपुर । उदयपुरको बेलका नगरपालिका ५ स्थित सूर्य उपचार क्लिनिकमा अवैध रुपमा औषधि पसल संचालन गरेको अभियोगमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही ठाँउका क्लिनिक संचालक सूर्यमान श्रेष्ठ रहेका छन् ।क्लिनिकमा अबैध रुपमा औषधि पसल संचालन गरि विभिन्न किसिमका औषधिहरुको समिश्रण तयार गरी दुरुपयोग गरि लागूऔषध प्रयोगकर्ताहरुलाई बेचबिखन गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार बेलुका ७ः१५ बजे पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकीलाल बजारको संयुक्त रूपमा प्रहरी टोली खटिई गई बेचबिखन गर्दैगर्दा पक्राउ गरेको प्रहरीले जानकारी दिए । श्रेष्ठलाई विभिन्न किसिमका औषधि सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि औषधि ब्यवस्था विभाग शाखा बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया