कञ्चनपुर। नेपालमा भत्तामा र्याल काढ्ने प्राय कमै व्यक्ति हुन्छन तर, कञ्चनपुरको एक वडाध्यक्ष आफ्ले पाएको विभिन्न भत्ताहरु असाह्य, गरिव, विपन्न, अपाङ्ग, वृद्धवृद्धालाई वितरण गरेको छ ।
दशैं तिहारलाई लक्षित गरी वडाध्यक्ष आसेफ कुवँर (भुन्टु)ले आफ्नो भत्ता गरिब, विपन्न, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई वितरण गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष कुवँरले आइतबार र सोमबार गरी वडाका १ सय ४२ जनालाई १५ सय र ३ हजारका दरले वितरण गरेका हुन् ।
उमेरले ७० वर्ष नाघेका तर नागरिकता तथा परिचय पत्रमा कम उमेर उल्लेख भएका बृद्धबृद्धाहरुलाई समेत वडाध्यक्ष कुवँर प्रति वर्षको १५÷१५ सयका दरले रकम वितरण गर्दै आएका छन् ।
०७४ को स्थानीय चुनावमै तलब भत्ता नलिने र आफ्नो तलब भत्ता वडाका गरिब, असहाय, अपाङ्ग, विपन्न र बृद्धबृद्धाहरुलाई वितरण गर्ने घोषणा गरेका वडाध्यक्ष कुवँरले यस वर्ष पनि आफ्नो प्रतिबद्धता अनुसार भत्ता रकम वितरण गरेका हुन् । कोरोनाका कारण भत्ता रकम वितरण गर्न नपाएका वडाध्यक्ष कुवँरले अघिल्लो वर्षको समेत गरेर प्रतिव्यक्ति ३÷३ हजारका दरले आफ्नो भत्ता रकम वितरण गरेका हुन् ।
वडामा रहेका २४ जना पूर्ण अपाङ्गता भएका र दुई जना दृष्टि बिहिन व्यक्तिहरुलाई उनले घरमै पुगेर प्रक्ति व्यक्ति एक हजारका दरले भत्ता रकम वितरण गरेका हुन् । वडाध्यक्ष कुवँरले स्थानीय निर्वाचनमा चिर्वाचित भएको पहिलो र दास्रो वर्ष आफ्नो भत्ता रकममा एक÷एक लाख बढी रकम वितरण गरेका थिए ।
हिन्दुहरुको महान पर्व वडा दशैं तथा दिपावलीको शुभ अवसरमा वडाका बृद्धबृद्धा, अपाङ्ग तथा दृष्टि बिहिनहरुको अवस्थालाई मध्यनजर गर्दै वडाध्यइक्ष कुवँरले आफ्नो भत्ता रकम ३ लाख ९६ हजार वितरण गरेका हुन् । चाडवाड बाहेक अन्य समयमा पनि वडाध्यक्ष कुवँरले आर्थिक अभावमा व्यवसाय तथा काम गर्न नपाएका युवा देखि दलित, अपाङ्ग, असहाय, बृद्धबृद्धाहरुलाई सहयोग गर्दै आएका छन् ।
भत्ता रकम बुझ्दै १०४ वर्षिय बृद्धा दुरा देवी बिष्टले वडाध्यक्ष कुवँर आफ्ना लागि भगवान सरह भएको बताइन् । ‘मेरो घरमा कोही छैनन्, यो बेला त मेरो भगवान पनि छैनन् । भुन्टु वाबुले मलाई समस्या परेका बेला जहिले पनि सहयोग गर्ने भएकाले यी वाबु नै मेरा लागि भगवान हुन् ।’ उनले भनीन् ।
वडाध्यक्ष कुवँरकै कारण विभिन्न समयमा आउने चाडवाडमा आफुहरु खुसी र हर्षित हुने गरेको ९८ वर्षिय बृद्ध धनमल शाही बताउछन् । ‘हामीलाई हरेक चाडवाडमा खुसी नै लाग्छ । केहि समस्या भए अध्यक्ष ज्यूलाई सूनाउदा हामीलाई सहायता गर्नु हुन्छ ।’ उनले भने– ‘हामी जस्ता गरिबहरुको सहायताका लागि यति धेरै मनकारी वडाध्यक्ष ज्यू छन्, हामी निकै खुसी छौं ।’

कारोनाका कारण अघिल्लो वर्ष आफ्नो भत्ता रकम वितरण गर्न नपाएको हुँदा त्यो सहित यो वर्षको गरेर सबै बृद्धबृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लशैं तिहारको अवसर पारेर वितरण गरेको वडाध्यक्ष कुवँरले बताए । ‘अघिल्लो वर्ष कोरानाले गर्दा मेरा भत्ता वितरण गर्न सकेन, यो वर्ष बृद्ध आमा वुबा, अपाङ्ग र दृष्टि बिहिनहरुलाई दशैं तिहारमा सानो भए पनि आर्थिक सहायता गर्ने प्रयास गरेको मात्रै हुँ ।’ वडाध्यक्ष कुवँरले भने ।









