उदयपुर । उदयपुर र सुनसरी जोडने सप्तकोशीको चतरा पुलबाट हामफालेर एक जना बेपत्ता भएका छन् । धरान उपमहानगरपालिका १५ बस्ने ६४ वर्षिय गजेन्द्र राई आइतबार करिव १ बजेको समयमा बेलका नगरपालिका ८ सप्तकोशीको चतरा पुलबाट हामफालेर बेपत्ता भएका हुन् ।
हामफालेको व्यक्तिको खोजीको लागि डुङ्गाहरुको सहयोगमा इलाका प्रहरी कार्यालय रामपुर, सशस्त्र प्रहरी बेस रामपुर र स्थानीय परिचालन गरेको छ । हामफालेको व्यक्ति अहिलेसम्म फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया