गाईघाट । नेपालीहरुको चाँडबाडलाई लक्षित गर्दै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्न त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको मेन चोकमा ट्राफिक प्रहरी र विद्यार्थीहरुको सहयोगमा जेब्राक्रस चिन्ह बनाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको आयोजना र कोशी हेल्थ एण्ड साइन्स क्याम्पस विराटनगर (विपिएच) ७ औं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा जेब्राक्रस चिन्ह बनाएका हुन् ।
गाईघाटको मेन चोकको चारै तिर पैदल यात्रीहरूलाई बाटो वारपार गर्न सहजताको लागि जेब्राक्रस चिन्ह बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर प्रमुख लिला बहादुर श्रेष्ठले जानकारी दिए ।
यस अघि पनि सोही व्याचका विद्यार्थीहरुको समेत सहभागितामा विभिन्न सवारी साधनका चालक÷सह–चालक तथा यात्रुहरुलाई भेला जम्मा गरि सवारी साधनको अवस्था दुरुस्त राख्ने, तिब्र गतिमा सवारी नचलाउने, सिट क्षमता भन्दा बढी यात्रु नबोक्ने, विना हेल्मेट मोटर साईकल नचलाउने, हेल्मेटको फित्ता अनिवार्य बाँध्ने, कोभिडबाट बच्न अनिवार्य मास्क प्रयोग गर्ने लगायतका जानकारी मुलक कार्यक्रम गरेका थिए ।
यस्तै माक्स नभएकालाई मास्क वितरण, विभिन्न जनहितमा जारी सूचनामुलक सन्देश लेखेको एक सय प्रति प्रर्चा पम्प्लेट वितरण गरिएको गरेको थियो ।









