गाईघाट । सरमुकाम गाईघाटमा स्थित बसपार्क नजिक गाउँपालिकाको मोटरसाईकालले ठक्कर दिदाँ एक बालक घाईते भएका छन ।
रौतामाई गाउँपालिकाको स १ ब ८६४ नम्बरको मोटरसाईकलले बिहिबार विहान ठक्कर दिदाँ भारत नयाँ दिल्ली मरैठ बस्ने हजारी ठाकुरका छोरा ७ बर्षिय बालक आशु ठाकुर घाईते भएका हुन । भारतीय नागरिक ठाकुर घुमम्ते व्यापारी हुन ।
सदरमुकाम गाईघाटबाट मोतिगडा तर्फ जादैँ गर्दा पालिकाका कर्मचारी लक्ष्मण कार्की सवार मोटरसाईकलले बालिकलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर प्रमुख लिला बहादुर श्रेष्ठले जानकारी दिए । घाईते बालकलाई जिल्ला अस्पताल बोक्सेमा उपचारार्थ पठाईएको श्रेष्ठले जानकारी दिए । मोटरसाईकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।









