उदयपुरमा चिनियाँ मोबाइलसहित दुई भारतीय पक्राउ

उदयपुरमा चिनियाँ मोबाइलसहित दुई भारतीय पक्राउ
उदयपुर । कर छलेर ल्याएको इलेक्ट्रोनिक्स तथा फेन्सी सामग्रीसहित दुई भारतीय व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामानसहित नियन्त्रणमा लिइएका व्यापारीहरु भारत बिहार सीतामढीका ३५ वर्षीय रामेश्वर सहनी र ३२ वर्षीय रमेश सहनी हुन् । आइतबार दिउँसो २ बजेतिर त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चेक पोष्टले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई सिरहाबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४४१ नम्बरको विङ...

उदयपुरमा रुखले किचेर एक महिलाको मृत्यु, पाँच जना घाइते

उदयपुरमा रुखले किचेर एक महिलाको मृत्यु, पाँच जना घाइते
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी झरना नजिकै शनिबार रुख लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ४ की ३८ वर्षिय निशा मगर दनुवार रहेकी छिन् । रुखले किचेर श्रीमान श्याम दनुवार सहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार हुँदैछ । मकिएको रूख एकासी लडेकोले प्रहरीले जनाएको छ । अधेरी झरना नजिक पार्किङ गर्न राखेको प्र.२-०१-००१ ह ०५६० नम...

कबुलियत वन फिर्ता गराउन ललितपुरकी सांसदलाई चासो, जिल्लाका प्रतिनिधि अझै बोलेन

कबुलियत वन फिर्ता गराउन ललितपुरकी सांसदलाई चासो, जिल्लाका प्रतिनिधि अझै बोलेन
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ मा कबुलियत वन बनाउने निर्णय फिर्ता गर्न प्रतिनिधि सभामा माग उठेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा जनता समाजवादी पार्टी नेपालका समानुपातिका सांसद ललितपुर महानगरपालिका–१३ कि लीलादेवी सिटौला (गौतम)ले बेलका नगरपालिकाको सिफारिसमा केपी ओली सरकारले कबुलियत वन बनाउन गरेको निर्णयले गरिव, विपन्न जनताको उठिबास हुने भएकोले फिर्ता हुनु पर्ने माग गरेकी छिन् ।सांसद सिटौलाले...

बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुने

बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुने
बेल्टार । बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुनेभएको छ । नेपाल विद्युत प्राधिकरण बेल्टार शाखा बेल्टारले नियमित मर्मत गर्न विद्युत बन्द गर्ने भएको हो । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र अन्तर्गत रहेको प्रशाखा बेल्टारले बुधबार एक सूचना जारी गरी श्रावण २१ गते विहीबार विहान ७ः०० बजेदेखी बेलुका ६ः०० बजेसम्म विद्युत अबरुद्ध हुने जनाएको छ । बेल्टार बजार स्थित बि.पी.चौकको ११ क...

उदयपुरगढी गाउँपालिकामा ठूला योजना कार्यान्वयनमा ल्याईने

उदयपुरगढी गाउँपालिकामा ठूला योजना कार्यान्वयनमा ल्याईने
उदयपुरगढी । उदयपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा संचालित योजनाहरुको बार्षिक समिक्षा सम्पन्न गरेको छ । गाँउपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पूर्ण गाँउसभा सदस्य तथा विभागिय प्रमुखहरुको उपस्थितीमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा जनप्रतिनीधिहरुले चार बर्षसम्म गरेको विकास निर्माणका कार्यहरुको लेखा जोखा गरेका थिए । जनप्रतिनीधिहरुले पालिका सम्हा...

उदयपुरमा जोनसेन एण्ड जोनसेन खोप क–कसले र कुन पालिकामा कतिले लगाउन पाउने ?

उदयपुरमा जोनसेन एण्ड जोनसेन खोप क–कसले र कुन पालिकामा कतिले लगाउन पाउने ?
उदयपुर । उदयपुरमा जोनसेन एण्ड जोनसेन खोप मंगलबारदेखि लगाउने भएको छ । आइतबार कोभिड १९ खोप समन्वय समितिको बैठकले मंगलबार जोनसेन एण्ड जोनसेन खोप लगाउने भएको छ । कोभिड १९ विरुद्धको जोनसेन एण्ड जोनसेन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाईने भएको छ । यस्तै अति अशक्त (क र ख वर्ग) समूह एवम् यस अघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थमा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई लगाईने जिल्ला ...

उदयपुरमा कोरोनाबाट एकै परिवारको तीन जनाको मृत्यु, खैजनपुर गाउँ सिल

उदयपुरमा कोरोनाबाट एकै परिवारको तीन जनाको मृत्यु, खैजनपुर गाउँ सिल
उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएकोा छ । त्रियुगा नगरपालिका २ खैजनपुरका २२ दिनको अन्तरालमा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ दिन अघि वर्ष ४३ को रमण पोखरेल, ११ दिन अघि हेमराज पोखरेल र शुक्रबार राति १०ः३० बजे देवी पोखरेलको मृत्यु भएको छ । मृत्यु हुनेमा दाजुभाई तथा भाउजु रहेका छन् । रमण पोखरेल हेमराजक...

वडा कार्यालयद्वारा फिल्टर वितरण

वडा कार्यालयद्वारा फिल्टर वितरण
उदयपुरगढी । सार्वजनिक निकायहरुमा स्वस्थ खानेपानी उपलब्ध गराउने उद्देश्यले उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ ले खानेपानी फिल्टर वितरण गरेको छ । आर्थिक बर्ष २०७७÷७८ को पूर्ण सरसफाई तर्फको बार्षिक बजेटबाट विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, हुलाक, स्वास्थ्य स्वमं सेविकाहरुलाई फिल्टर वितरण गरेको हो । वडाको बार्षिक बजेटबाट ६० वटा फिल्टर खरिद गरेर वितरण गरिएको उदयपुरगढी गाउँपालिका वडा ५ नम्बरका वडा अ...

उदयपुरमा बहुविवाह मुद्धामा पक्राउ परेका वडा सदस्य पुर्पक्षका लागि कारागार चलान

उदयपुरमा बहुविवाह मुद्धामा पक्राउ परेका वडा सदस्य पुर्पक्षका लागि कारागार चलान
उदयपुर । उदयपुरमा बहुविवाह मुद्धामा फरार वडा सदस्य पक्राउ परेको छ । २०७७ बैशाख ११ मा बहुविवाह मुद्धा दर्ता भएका प्रतिवादी चौदण्डीगढी नगरपालिका ७ का ४९ वर्षिय वडा सदस्य हरिमान कट्वाल पक्राउ परेको छ । उनीसँगै चौदण्डीगढी नगरपालिका ९ की ३८ वर्षिय रमा कोइराला पनि पक्राउ परेको छ । उनीहरुलाई काठमाडौं थानकोटमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । ...

बर्दीमा रहेको प्रहरीले सेनाको जवानलाई थुकेपछि…

बर्दीमा रहेको प्रहरीले सेनाको जवानलाई थुकेपछि…
गाईघाट । ‘हेर मेरो परिचय पत्रमा किन थुकिस, मेरो परिचय पत्रमा थुक्ने, तैले बर्दी नलगाएको भए तेरो मर्मत गर्थे ?’ करिव ११ बजेर ३० मिनेटको समयमा जिल्ला अस्पताल परिसरमा एक जना युवा एकहोरो गाली गरी रहेका थिए । एक जना नेपाल प्रहरीका जवान ती कराउने व्यक्तीको अगाडी आफ्नै पाराले गाली गर्ने युवाको प्रतिरक्षा गरिरहेका देखिन्थे । दुई जना प्रहरीका हवल्दारहरु भिडबाट उम्किन पाए हुन्थ्यो भनेर केही नबोली टुलुटुल...