बेल्टार । बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुनेभएको छ । नेपाल विद्युत प्राधिकरण बेल्टार शाखा बेल्टारले नियमित मर्मत गर्न विद्युत बन्द गर्ने भएको हो ।

नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र अन्तर्गत रहेको प्रशाखा बेल्टारले बुधबार एक सूचना जारी गरी श्रावण २१ गते विहीबार विहान ७ः०० बजेदेखी बेलुका ६ः०० बजेसम्म विद्युत अबरुद्ध हुने जनाएको छ ।
बेल्टार बजार स्थित बि.पी.चौकको ११ के.भि.लाइनमा कार्य गर्न पर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्नु परेको उदयपुर वितरण केन्द्र गाईघाटले जनाएको छ । मर्मतको समयमा बि.पीचौक लगायत हस्पिटल डाडा,मडिबास, बिरेन्द्र चौक,सिद्धिपुर, धारापानी एरीयाको विद्युत आपूर्ति बन्द रहने छ । विद्युत प्राधिकरणले पूर्व सूचना दिएर विद्युत कटौती गर्दै आएको छ । प्रधिकरणद्धारा जारी सूचनामा विद्युगत कटौतीबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।

सूचनामा मर्मत गर्ने कार्य तोकिएको समय भन्दा अगावै सकिएमा जुनसुकै समयमा पनिलाइन संचालन हुने समेत जनाईएको छ ।

 

तपाईको प्रतिक्रिया