उदयपुरमा मोटर साईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा मोटर साईकल दुर्घटनामा एकको मृत्यु
उदयपुर । उदयपुरमा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी त्रियुगा नगरपालिका ३ का ३२ बर्षिय शान्ति राम राईको मृत्यु भएको हो । गाईघाटबाट घर तर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३७१४ नम्बरको राई सवार मोटरसाईकल त्रियुगा पुल नजिकै लच्काको पोलमा ठोक्किदा दुर्घटना हुन पुगेको थियो । दुर्घटनामा परी घाईते राईको उपचारका लागि जिल्ला हस्पिटल पुराए पनि साढे ६ बजे डाक्टरल...

क्यान्सर पीडित महिलालाई कटारी नगरपालिकाको १ लाख सहयोग

क्यान्सर पीडित महिलालाई कटारी नगरपालिकाको १ लाख सहयोग
उदयपुर । उदयपुरको कटारी नगरपालिका १३ घर भई हाल मिनभवनस्थित निजामती अस्पतालमा ब्लड क्यान्सर उपचाररत बाल कुमारी जोगीको उपचारका लागि कटारी नगरपालिकाले १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।गत सोमबार उनको उपचारको बारेमा बुझ्न कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ सहित कटारी– २ वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले अस्पताल पुगेर बिरामीको अवस्था बारे जानकारी लिएका थिए । विहिबार बसेको नगर कार्यपालिका...

त्रियुगा उद्योग वाणिज्य संघको माइन्युट कसले किर्ते गरेर अदालतमा पेश गरे

त्रियुगा उद्योग वाणिज्य संघको माइन्युट कसले  किर्ते गरेर अदालतमा पेश गरे
उदयपुर । उदयपुरको सरमुकाममा रहेको त्रियुगा उद्योग वाणिज्य संंघको माइन्युट नै किर्ते गरेको खुलासा भएको छ । प्रथम उपाध्यक्ष रमेश रसाइली पक्षले त्रियुगा उद्योग वाणिज्य संघको माइन्युटमा केरमेट अर्थात किर्ते गरेर उच्च अदालत विराटनगरमा बुझाएका छन् । फोटो क्याप्सन : त्रिउवा संघको माइन्युटमा २०७८ साल जेष्ठ ४ गते मंगलबार हुनु पर्नेमा उपाध्यक्ष रमेश रसाइली पक्षले किर्ते गरेर मिति परिर्वतन गरेर २०७७ साल जेष...

यस कारण त्रियुगा उद्योग वाणिज्य संघको आयोजक कमिटीको पद जाँदैन्

यस कारण त्रियुगा उद्योग वाणिज्य संघको आयोजक कमिटीको पद जाँदैन्
गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको विवाद चरम उत्कर्षमा पुगेको छ । मंगलबार संघका कार्यालय सचिव डिल्ली प्रसाद उप्रेतीले एक सूचना मार्फत त्रियुगा उद्योग वाणिज्य संघको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको पदावधि सकिएको सूचना जारी गरेको छ ।उनले कार्यालय सचिवको हैसियतले जारी गरेको सूचनामा ‘२०७३ असार १८ गते भएको अधिवेशनवाट निर्वाचित कार्यकारिणी समितिको म्याद संघको विधानको परिच्छेद–४ को ४.४ (ख) मा...

यिनीहरू हुन् १६ वर्षिय बालिका कृशलाको हत्यारा

यिनीहरू हुन् १६ वर्षिय बालिका कृशलाको हत्यारा
उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । लाश भेटिएको १३ दिनपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले हत्यामा संलग्नको पहिचान गरी हत्यारा सार्वजनिक गरेको हो । हत्यामा संलग्न करिब सय भन्दा बढी मानिसहरुलाई गर्दै आएको गहिरो अनुसन्धान पछि २ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । कृशला हत्यामा संलग्न सप्तरीको सुरुङगा नगरपालिक...

उपाध्यक्ष रसाइली पक्षको भ्याकेट निवेदन खारेज, भगतलाई अध्यक्षमा निरन्तता

उपाध्यक्ष रसाइली पक्षको भ्याकेट निवेदन खारेज, भगतलाई अध्यक्षमा निरन्तता
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतलाई अध्यक्षकै हैसियतमा कामकाज गर्ने दिएको उच्च अदालत विराटनगरको अन्तरिम आदेश खारेजीको माग राख्दै प्रथम उपाध्यक्ष रमेश रसाइली, द्वितिय उपाध्यक्ष हस्तमाया राई सहितले दिएको भ्याकेट निवेदन खारेज भएको छ ।न्यायाधीशहरू राजन कुमार भट्टराई र किरण कुमारी गुप्ताको संयुक्त इजलासले हस्तमाया राई सहितका भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अ...

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प गयो

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प गयो
काठमाडौँ । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

कृषला हत्या प्रकरण : प्रमाण नष्ट गरी दोषीलाई उन्मुक्ती दिन खोजिएको त होइन ?

कृषला हत्या प्रकरण : प्रमाण नष्ट गरी दोषीलाई उन्मुक्ती दिन खोजिएको त होइन ?
उदयपुर । त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय बालिका कृषला चौधरीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्न उदयपुरका थारु संघ संस्थाले माग गरेको छ । बालिकाको शव फेला परेको साता दिन विति सक्दा पनि सत्य, तथ्य विवरण सार्वजनिक गर्न ढिलाई भईरहेकोले कतै प्रमाणहरु ढाँक छोप तथा प्रमाण नष्ट गरी दोसीलाई उन्मुक्ती दिन खोजिएको त छैन भन्दै बुधबार थारु कल्याणकारिणी सभा सहितका ...

कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबारआज बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी नि...

अन्तरिम आदेश खारेज गर्न उच्च अदालतद्वारा अस्वीकार

अन्तरिम आदेश खारेज गर्न उच्च अदालतद्वारा अस्वीकार
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई उच्च अदालत विराटनगरले अध्यक्ष कै हैसियतमा कामकाज गर्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको छ । उच्च अदालत विराटनगर स्रोतका अनुसार न्यायाधीशद्वय यमुना भट्टराई र मिलन कुमार राईको संयुक्त इजलासले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, प्रथम उपाध्यक्ष रमेश रसाइली , जिल्ला प्रशासन कार...