उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
लाश भेटिएको १३ दिनपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले हत्यामा संलग्नको पहिचान गरी हत्यारा सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न करिब सय भन्दा बढी मानिसहरुलाई गर्दै आएको गहिरो अनुसन्धान पछि २ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । कृशला हत्यामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका १ का उचित लाल सदा र सोहि ठाउँका २३ बर्षिय बिषे सदालाई प्रहरीले सार्वजनिका गरेको छ ।
प्रहरी अनुसन्धानको क्रममा कृशलाको हत्या उचितलाल सदाले घरवार विगारिदिएको बदला स्वरुप हत्या गरिएको खुलसा प्रहरीले जनाएको छ । कृशला हत्यामा सामाजिक संजाल तथा बाहिरि हल्ला जस्तो बलत्कार, एसिडको प्रयोग भएको भन्ने कुरामा पोष्टमार्ट रिपोर्टमा पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।
यस्तो छ घटना प्रकृति
गत साउन १३ गते दिउँसो घरबाट हराएकी किशोरीको शब घर नजिकै राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा एक हप्तापछि साउन १९ गते फेला परेको थियो । सालको रुखको फेदमा खाल्डोमा सामान्य रुपले पुरिएको अवस्थामा शब फेला परेको थियो । जंगलको रातमाटे खोलाको भेलले सखुवाको फेदमा आल्डो पारेको र त्यही शब लुकाउन सामान्य पुरिएको अवस्थामा फेला परेको घटना प्रकृति मुचुल्कामा सनाखत गर्ने त्रियुगा नगरपालिका ६ का वडा सदस्य कृष्ण बहादुर बुढाथोकीले बताए । शवको प्रकृति हेर्दा जंगलमा कतै हत्या गरेर त्यहाँ गाडेको हुन सक्ने जस्तो देखिएको वडा सदस्य बुढाथोकीले बताए ।
शरीरको दाहिने भागको विभिन्न भाग क्षतविक्षेत भएको, अनुहार चिन्न नसक्ने गरी कुचिएको, दुई वटा दाँत झरेको, ढिस्को माटोले आधा शरिर पुरिएको, कम्मरमुनी लुगा नभएको अवस्थामा शव फेला परेको वडा सदस्य बुढाथोकीले बताए । वडा सदस्यले भने, ‘शव गाडेको ठाउँदेखि अन्दाजी पाँच मिटर पूर्व एउटा चप्पलमा पूरै रातोमाटो दलिएको थियो जव कि शव गाडेको नजिक रातो माटो कहि कतै देखिदैन् ।’ मृतकको शव गाडेको भन्दा करिव दुई सय मिटर माथि पूर्वतर्फ उदयपुर सिमेन्ट उद्योगको रातोमाटो खानी रहेको छ ।
मृतकको सनाखत देब्रे हातमा लगाएको डिजिटल घडी, घाँटीको मालाको बुटि, खुट्टाको डोरी, चप्पल र कपडाको टुक्राबाट भएको थियो । किशोरीको सामुहिक बलात्कारपछि हत्या भएको आशंका गाउँलेहरुले गरेका छन् । किशोरीको हत्या हुनुमा अन्य कारण नदेखिएको बरु, सामुहिक बलात्कार गरी हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
घाँस, दाउराको क्रममा दुर्गन्ध आएपछि गाउँलेहरुले शब फेला पारी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पहिचान हुन नसकेपछि प्रहरीले शव उदयपुर अस्पतालमा लगेको थियो । अस्पतालबाटै मृतकको बुबाले शब फेला परेको भोली पल्ट साउन २० गते पहिचान गरेको थियो ।
जिल्ला अस्पतालमा शव परीक्षण नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।









