उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी झरना नजिकै शनिबार रुख लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ४ की ३८ वर्षिय निशा मगर दनुवार रहेकी छिन् ।
रुखले किचेर श्रीमान श्याम दनुवार सहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार हुँदैछ । मकिएको रूख एकासी लडेकोले प्रहरीले जनाएको छ ।
अधेरी झरना नजिक पार्किङ गर्न राखेको प्र.२-०१-००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटर साइकल माथि रुख लडेर किचिएको छ । थप विवरण आउँन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया