गाईघाट । ‘हेर मेरो परिचय पत्रमा किन थुकिस, मेरो परिचय पत्रमा थुक्ने, तैले बर्दी नलगाएको भए तेरो मर्मत गर्थे ?’
करिव ११ बजेर ३० मिनेटको समयमा जिल्ला अस्पताल परिसरमा एक जना युवा एकहोरो गाली गरी रहेका थिए । एक जना नेपाल प्रहरीका जवान ती कराउने व्यक्तीको अगाडी आफ्नै पाराले गाली गर्ने युवाको प्रतिरक्षा गरिरहेका देखिन्थे ।
दुई जना प्रहरीका हवल्दारहरु भिडबाट उम्किन पाए हुन्थ्यो भनेर केही नबोली टुलुटुली हेरी रहेका थिए ।
प्रहरीलाई गाली गर्ने सगै एक जना महिला पनि युवाको पक्षमा र प्रहरी जवानको विरुद्धमा प्रहरी जवानतिर औला ठड्याउदै भनिन् ‘यस्ले (प्रहरी जवान) ले बर्दीको आडमा हामीलाई अपमान गर्ने यसलाई ठिक लगाउनु पर्छ ।’
सगै रहेका प्रहरी हवल्दार तर्फ ईङ्गित गर्दै युवाले भने ‘हेर्नुस हवल्दार साहेव म स्टाप हुँ भन्दा मेरो परिचय पत्र माथी थुक्यो, यस्लाई म ठिक पारि दिउ ।’
प्रहरी जवान र युवाको वादविवाद हुँदै गर्दा अस्पताल परिसरमा क्षण भरमै भिड लाग्यो । केही बेर वादविवाद भएपछि गाली गर्ने युवा र महिला यसलाई ठिक लगाउछु भन्दै मोटरसाईकल चढेर जिल्ला प्रहरी कार्यालय तर्फ हिडे भने प्रहरी जवान पनि एक जना हवल्दारलाई नेपाल प्रहरी लेखेको मोटरसाईलमा हालेर अस्पताल परिसरबाट हिडे ।
अस्पताल परिसरमा लागेको भिड झगडा गर्ने दुवै पक्ष हिडेपछि तितर वितर भयो ।
अस्पतालबाट निस्केका युवा र महिला जिल्ला प्रहरी कार्यालयमा पुगेर क्यान्टीन अगाडी रहेका प्रहरी निरीक्षक मोहन थापालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी जवानले आफूलाई अपमान गरेको रिर्पोट गरे ।
त्यत्तिकै बेला प्रहरी जवान समेत जिल्ला प्रहरी कार्यालय आईपुगे । र अस्पातालमा आफूलाई प्रहरी जवानले गरेको अपमानको सैनिक पारामै बेलि विस्तार लगाए ।
‘यो मु….. ले मलाई आर्मी भनेर हेप्ने, मेरो परिचय पत्र देखाउँदा, थुक्क आर्मी पो रहेछ भनेर थुक्ने ?’
प्रहरी कार्यालय भित्र प्रहरी जवानको गलत आचरणको बारेमा ति युवाले यसरी भनिरहेका थिए‘म पनि राष्ट्र सेवक नै हुँ, मेरो बर्दीको यस्ले इज्जत राख्न सकेन, आफ्नो बर्दीको कसरी इज्जत राख्छ, ? आज यस्ले बर्दी नलगाई मलाई गरेको व्यवहार गरेको भए यस्लाई म त्यही धुलाई हान्थे ।’
युवाले भनेको कुरा प्रहरी निरीक्षक थापाले मेलो मेसो केही पाएनन् । छेउमै उभिएका एक प्रहरी सहायक निरीक्षकले ती युवालाई सम्झाउदै भने–‘हेर भाई यहाँ तिमी सँगै महिला आउनु भएको छ । अली सभ्य भाषामा बोल ।’ यती भन्दा पनि ति युवाले प्रहरी जवानलाई प्रहरी निरिक्षककै अगाडी अपशब्द प्रयोग गरेपछि प्रहरी सहायक निरिक्षकले कड्किएर युवालाई झपार्दै भने ‘भाई, तिमी अन्यायमा परेका छौ भने पनि सभ्य भाषामा कुरा राख, के बोलेको अघि ?’
यति भनि सकेपछि युवा अली सान्तभए । अनि युवाले घटनाको विस्तृत विवरण प्रहरी निरीक्षक थापालाई सुनाए ।
मंगलबार ठिक ११ बजे जिल्ला अस्पतालमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत साह थरका प्रहरी जवान श्रीमती विरामी भएर चेक जाँच गर्न अस्पताल गएका रहेछन । कोभिडको खोप लगाउने केन्द्र समेत जिल्ला अस्पताल रहेकाले अस्पतालमा अन्य बेला भन्दा अली बढि भिडभाड र ओपिडमा पनि विरामीको लाईन लामै थियो । त्यही लाईनमा एक जना श्रेष्ठ थरका सैनिक आफ्नो श्रीमतीलाई पनि उपचार गर्न लाईनमा बसेका रहेछन ।
प्रहरी जवान बर्दीमा भएकाले पालो मिचेर श्रीमतिलाई उपचार गराउन खोज्दा ति युवा (सैनिक) सँग भनाभन नै जिल्ला प्रहरी कार्यालय सम्म पुग्यो ।
प्रहरी जवानले पालो मिचेपछि सैनिक जवानले भने ‘किन पालो मिचेको म अघिदेखि (१० बजे) लाईनमा छु, म पनि स्टाप हुँ, लाईनमा बसिराछु, तपाई पछि आउने अनि पालो मिच्ने ?’
यति के प्रश्न गरेका थिए, प्रहरी जवानले धाक लडाउँदै सैनिकलाई भने, ‘के को स्टाप, कार्ड छ ।’
सिभिलमा आएका सैनिक जवान पनि के कम, गोजीबाट नेपाली सेनाको परिचयपत्र प्रहरी जवानको हातमा दिदै ‘लु हेर, म पनि स्टाप हुँ ।’
सैनिक जवानको परिचय पत्र हेर्ने वित्तिकै प्रहरी जवानलाई के सनक चढ्यो र भने ‘थुक्क सैनिक पो रहेछ’ प्रहरी जवानले हातमा भएको परिचय पत्र भुईमा फुत्तफाले ।
यति भनेपछि सैनिक जवानले मेरो परिचयपत्रमा थुक्ने यो को हो भनेर वबण्डर गरीहाले । सैनिकको परिचयपत्र थुकेको विषय अस्पताल हुदै जिल्ला प्रहरी कार्यालय पुगेर टुङ्गियो ।
प्रहरी जवानले सैनिक जवानको परिचयपत्र थुक्नु गल्ती भएको भनेपछि शान्त भएर सैनिक दम्पती प्रहरी कार्यालयबाट बाहिर निस्किए ।
त्यसपछि सुरु भयो प्रहरी जवान साह माथि प्रहरी निरिक्षक मोहन थापाको केरकार …









