प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन अन्तिम होइन, कहि कत्तै पेश गरे अवैध ठहरिन्छ : अडिटर राउत
गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघको विवाद झन झनै उत्कर्षमा पुगेको छ । समस्याको सामाधान गर्नुको साट्टो झन झन बढ्दै गएको छ । प्रारम्भिक लेखा परीक्षण प्रतिवेदनको आधारमा त्रियुगा उद्योग वाणिज्य संघको अध्यक्ष गजेन्द्र कुमार भगतलाई कारबाही गरि प्रथम उपाध्यक्ष रमेश रसाइलीलाई कार्यबहाक अध्यक्ष बनाईएको छ ।
रसाइलीले आफ्नो पदको दुरुपयोग गरी भुतपूर्व अध्यक्षद्वय रामचन्द्र गुप्ता र सूर्य नारायण साह, भूतप...













