गाईघाट । उदयपुरमा २४ हजार ६ सयले कोरोना १९ विरुद्धको खोप लगाउन पाउने भएको छ । ५५ वर्षमाथिका सवै, सार्वजनिक यातायातका चालक सहचालक, शिक्षक प्रधानाध्यापक, विद्यालय कर्मचारी, बैदेशिक रोजगारीमा जाने भिषा लागेका व्यक्ति, पहिलो डोज भेरोसिल खोप लगाएर दोस्रो डोज छुटेकाहरु, अत्यावश्यक काममा खटिएका वर्ग र कर्मचारीलाई चाइनिज खोप भेरोसेल लगाउने भएको छ ।

जिल्लामा ४८ खोप केन्द्र मार्फत २४ हजार ६ सय जनालाई खोप लगाईने भएको छ । बेलका नगरपालिकामा २ हजार ९ सय ५१ जनालाई ४ वटा खोप केन्द्र मार्फत लगाईने भएको सूचना अधिकारी निरौलाले जानकारी दिए ।
यस्तै चौदण्डीगढी नगरपालिकामा २ हजार ६ सय ४५ जनालाई ६ वाट खोप केन्द्रमार्फत लगाईने भएको छ भने ्त्रियुगा नगरपालिकामा ७ हजार ९ सय ७१ जनालाई ८ वटा खोप केन्द्र मार्फत लगाईने भएको छ ।
रौतामाई गाउँपालिकामा २ हजार १ सय १० जनालाई ६ वटा खोप केन्द्र मार्फत लगाईने भएको छ । यस्तै लिम्चुङबुङ गाउँपालिकामा ८ सय ६४ जनालाई ६ वटा खोप केन्द्र मार्फत लगाईने भएको छ भने उदयपुरगढी गाउँपालिकामा २ हजार एक सय ८ जनालाई ७ वटा खोप केन्द्र मार्फत लगाईने भएको छ ।
कटारी नगरपालिकामा ५ हजार ६४ जनालाई ९ वटा खोप केन्द्र मार्फत लगाईने भएको छ भने ताप्ली गाउँपालिकामा ८ सय ८६ जनालाई ५ वटा खोप केन्द्रमार्फत लगाईने भएको छ ।
नियमित खोपलाई असर नगर्ने गरी दुई चरणमा खोप लगाउन लागेको हो । पहिलो चरणमा कटारी नगरपालिका र ताप्ली गाउँपालिका बाहेक बेलका, चौदण्डीगढी, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिकामा सोमबार र मंगलबार खोप लगाईने छ ।
यस्तै रौतामाई गाउँपालिकामा श्रावण १३ र १४ गते कोरोना विरुद्धको खोप लगाउने भएको छ ।
पहिलो चरणमै त्रियुगा नगरपालिकामा स्वास्थ्य चौकीहरु जोगिदह, साउने, खाँबु र चिलाउनेमा सोमबार र मंगलबार लगाईनेछ भने स्वास्थ्य चौकी भुमरसुवा, त्रियुगा नगरपालिकाको कार्यालय भवन र जिल्ला अस्पतालमा सोमबार, मंगलबार र बुधबारसम्म लगाईने छ ।
दोस्रो चरणमा कटारी नगरपालिका र ताप्ली गाउँपालिकामा श्रावण २० र २१ गते लगाउने बारे आन्तरिक छलफल भएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपर भाइजर तथा सूचना अधिकारी चिरन्जिवी निरौलाले जानकारी दिए ।
खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाण, विद्यालय तथा क्याम्पसका शिक्षक शिक्षिका, प्रध्यापक तथा कर्मचारीहरुको हकमा विद्यालय तथा क्याम्पसले सिफारिस गरेको पत्र, चालक र सहचालकको हकमा यातायात व्यवसायीले सिफारिस गरेको पत्र हुनु पर्ने छ । यस्तै बैदेशिक रोजगार तथा खोप अनिवार्य गरेका देशहरुमा जान लागेका नेपाली नागरिकहरुको हकमा भिषा र पासपोर्टको फोटोकपी अनिवार्य गरेको छ ।









