उदयपुरगढी । उदयपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा संचालित योजनाहरुको बार्षिक समिक्षा सम्पन्न गरेको छ ।
गाँउपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पूर्ण गाँउसभा सदस्य तथा विभागिय प्रमुखहरुको उपस्थितीमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा जनप्रतिनीधिहरुले चार बर्षसम्म गरेको विकास निर्माणका कार्यहरुको लेखा जोखा गरेका थिए । जनप्रतिनीधिहरुले पालिका सम्हालेपछि विकास निर्माणको जग तयार भएको र आगामी बर्ष ठूला योजनामा बजेट विनियोजन गरिने जानकारी दिए ।

गत आर्थिक वर्षमा वित्तिय समानिकरण अनुदान तर्फ १३ करोड ४५ लाख बजेट खर्च भएको छ । शसर्त अनुदान तर्फ २१ करोड ९ लाख बजेट खर्च गर्न सफल भएको गाँउपालिकाले जनाएको छ । त्यस्तै राजस्व बाँडफाँडबाट प्राप्त अनुदानको ७ करोड रकम खर्च भएको छ । भने प्रदेश समानिकरण अनुदानको ६१ लाख ६८ हजार रकम र आन्तरिक आम्दानी तथा अघिल्लो आर्थिक बर्षबाट ल्याईएको बजेटबाट ३ करोड ९२ लाख रकम खर्च भएको पालिकाका सूचना अधिकारी गुणराज श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद सुवेदीले गत आबमा गरेको प्रमुख प्रमुख विकास योजनाको प्रस्तुतीकरण गरेका थिए । आ.व. २०७७/७८ को गाउँसभाबाट स्विकृत कार्यक्रम बमोजिम पुर्वाधार मध्ये वडा नं. ३ को कोप्टी खोला मुहान, सिन्कौले खानेपानी सम्पन्न भएका छन ।

उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ को मा.वि. रातमाटे पक्की चारकोठे भवन, वडा नं. २ को वडा कार्यालय भवन, वडा नम्बर १ को बाल विकास अधुरो भवन निर्माण, वडा नम्बर १ कै आधारभूत रत्नभञ्ज्याङ ट्रस्ट दुईकोठे भवन, वडा नम्बर ५ को आधारभुत विद्यालय केउरिनी र आधारभुत विद्यालय केउरीनीको छात्रा शौचालय निर्माण सम्पन्न भएको छ ।

उदयपुरगढी गाउँपालिका वडा नम्बर ४ को माध्यमिक विद्यालय डुम्रेको २ कोठे ट्रस्ट भवन, वडा नंं ६ वडा कार्यालय भवन, वडा नम्बर ८ को आधारभुत विद्यालय गैडाखोरको दुई कोेठे भवन निर्माण सम्पन्न भई संचालनमा आएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
त्यसैगरी समिक्षा कार्यक्रममा वडा नंं ८ को माध्यमिक विद्यालय भलायडाँडा चारकोठे पक्की भवन, वडा नं. ७ को आधारभुत विद्यालय विरालीटार दुईकोठे ट्रस्ट भवन, वडा नं. ७ स्थित ककनी विरालीटार सडक निर्माण तथा स्तरोन्नती, वडा नं. ६ रुम्जाटार पिढीबास सडक निर्माण तथा स्तरोन्नती, वडा नं. ६ स्थित गोहीया खेल मैदान निर्माण, वडा नं. ६ कै माध्यमिक विद्यालय रुम्जाटार पक्की चारकोठे भवन निर्माण, वडा नं. ६ को आधारभूत विद्यालय. गेर्खे छात्रा शौचालय भवन निर्माण सम्पन्न भएको छ भने मावि बेहोरीबोट खानेपानी ट्याङकी निर्माण निर्माण सम्पन्न भएको विवरण पेश गरिएको थियो ।

समिक्षा कार्यक्रममा पालिकाको विषयगत शाखाहरुले गरेका कार्यहरुको बारेमा समेत प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा जनप्रतिनीधिहरुले विद्युतीकरण र सडक संजात निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

आफूहरु निर्वाचित भएर आएको ४ बर्षभित्र गाउँपालिकाको विकासको जग बसेको बताउदै अब पालिका सम्म आउने सडक कालोपत्रे, पुरानो गढी संरक्षण तथा ठूला विकासका योजना संचालन गरिने अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए ।

तपाईको प्रतिक्रिया