जनतालाई पानी खोज्न जनप्रतिनिधि ७ दिनसम्म जंगल–जंगल
खाँदबारी, संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ ।
‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक परेका छन्’, उनले भने, ‘पानीको चरम अभाव टार्न सकिन्छ कि भ...







