उदयपुर, पुर्व सहरी विकास राज्य मन्त्री एवंम संबिधानसभाका सभाषद मन्जुकुमारी चौधरी सम्मानित भएकी छिन् । रौता जनता क्याम्पस रौतामाई गाउँपालिका ७ ले सोमबार आयोजना गरेको तेश्रो क्याम्पस सभामा सभाषद चौधरी सम्मानित भएकी हुन् ।
क्याम्पसको भौतिक संरचना र वृतिविकासमा सहयोग पुर्याएवापत चौधरीलाई क्याम्पस व्यवस्थापन समितिले सम्मान गरेको हो । मोफसलमा रहेको क्याम्पसलाई चौधरीले सभाषद र राज्य मन्त्री रहँदा आर्थिक, भौतिक तथा विभिन्न निकायसँग सहकार्य र समन्वयको भुमिका खेलेकाले सम्मान गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अम्बरबहादुर रायामाझीले बताए ।
सोही अवसरमा क्याम्पसका संस्थापक अध्यक्ष जितुहर्क तामाङ, उपाध्यक्ष गणेश थापामगर, उदयपुर सिमेण्ट उद्योग, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, क्याम्पस स्थापनाका लागि ४ विघा जग्गा र एक वटा भवन निर्माण गरिदिने नवज्योति सामुदायिक वन उपभोक्ता समिति, त्रिशक्ति, डुम्रिथुम्का, पुवाँरे सामुदायिक वन समितिलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी कर्तव्यनिष्ट प्रध्यापक जनार्दन दाहाल, उत्कृष्ट छात्र दानबहादुर मगर र छात्रा पुष्पा मगरलाईसमेत सम्मान गरिएको अध्यक्ष रायामाझीले बताए ।
सभाषद चौधरीले संसदिय कोष र सहरी विकास मन्त्रालयबाट क्याम्पसको भवन निर्माणका लागि २० लाख रुपिँया वजेट विनियोजन गरेकी थिईन् । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सचिव शुरेश राईले गरिव जनताका छोरा छोरीले पढ्न सक्ने गरी क्याम्पस सञ्चालन गर्न सुझाब दिए ।
प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिँदै उनले शिक्षा सम्बन्धि वनेका ऐनकानुनलाई टेकेर सबैका लागि शिक्षा भन्ने मुलनारालाई सार्थक बनाउन सुझाब दिए । सांसद राईले वर्तमान सरकारले प्रत्येक पालिकामा क्याम्पस र स्वास्थ्य सम्बन्धि अस्पताल स्थापना गर्ने लक्ष्य रहेको हुँदा त्यसलाई सार्थक बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी सम्मानित सभाषद चौधरीले क्याम्पसको गुणात्मक विकासका लागि आफ्नोतर्फबाट निरन्तर सहयोग रहने बताईन् । आफ्नो सानो सहयोगलाई क्याम्पसले ठुलो योगदान सम्झी सम्मान व्यक्त गरेकोमा खुशी व्यक्त गर्दै उनले क्याम्पस पवित्र सबैको साझाचौतारी भएकाले यसलाई राजनीतिक गर्ने अखडाकोरुपमा नलिन सुझाब दिईन् ।
प्रदेश सांसद नारायण बुर्जामगरले प्राविधिक र रोजगारमुलक शिक्षामा जोड दिए । उनले आफ्नो क्षेत्रको पहिलो र एक मात्र क्याम्पस भएकाले यसको वृतिविकासका लागि प्रदेश सरकारमा भुमिका निर्वाह गर्ने बताए । गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले क्याम्पसलाई दिगोपना दिनका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । उनले गरिव र अभाव बोकेका जनताका छोराछोरीको शैक्षिक भविश्यको ग्यारेण्टि गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने बताए ।
‘छोरीवुहारी राष्ट्रसेवक भर्ना’ अभियान
उच्चशिक्षा हासिलका लागि बिद्यार्थीहरु गाउँघरमाभन्दा पनि सहर वजार केन्द्रित हुन थालेपछि रौता क्याम्पसले बिद्यार्थीको संख्या बृद्धी गर्न ‘छोरीवुहारी राष्ट्रसेवक भर्ना’ अभियान सुरु गरेको छ ।
धनी र गरिवका छोराछोरी दुबै सहरमा कमाउँदै पढ्ने वातावरण बन्दै गएपछि क्याम्पसले यो रणनीति अवलम्बन गरेको हो । बिद्यार्थीलाई गाउँकै क्याम्पसमा पढ्ने वातावरण तयार गर्न यो रणनीति बनाइएको क्याम्पस प्रमुख माधव राउतले बताए । उनले भने, ‘बिद्यार्थीको सख्यालाई अधिक बनाउने हाम्रो योजना हो, त्यसका लागि यो बर्ष यस अभियानमा जुटेका हौ ।’
घरकी छोरी, वाहिरबाट भित्र्एिकी वुहारी र सरकारी सेवामा प्रवेश गरेका कर्मचारीका परिवारलाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अम्बरबहादुर रायामाझीले बताए । उनले क्याम्पसलाई टिकाई राख्नका लागि छोरीवुहारीको उच्चशिक्षा हासिल गर्न पाउने संम्बैधानिक व्यवस्थालाई आत्मसाथ गर्दै अभियान सुरु गरेको बताए ।
क्याम्पसको अभावमा स्थानीयबासी २ घण्टाको यात्रापछि सदरमुकाम गाईघाट आउने गरेका थिए । विशेषगरी छोरी र वुहारीहरुलाई क्याम्पसले अझ सहजता मिलेको स्थानीयको भनाई छ । घर छोडेर जाँदा बसाईको असहजता, पारिवारिक लगायतका समस्या टरेको स्थानीयको भनाई छ ।
क्याम्पसमा हाल शिक्षा र व्यवस्थापन संकायको अध्ययन हुने गर्दछ । यसका अलावा प्राविधिक, व्यवहारिक र रोजगारमुलक शिक्षा बिषय ल्याउने तयारी भईरहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर रायामाझीले बताए । हाल मावि मुर्कुची विद्यालय परिषर भित्रै रहेको क्याम्पसको निम्ति भौतिक निर्माणमा विशेष ध्यान दिइएको रायामाझीले बताए ।
शान्त, एकान्त र प्राकृतिक वातावरण सजिएको ठाउँमा निर्माण हुदै गरेको क्याम्पसको संरचना निर्माण कार्य पुरा भएपछि क्याम्पस त्यहि सारेर सन्चालन गरिने बताइएको छ । क्याम्पसलाई विशेषगरी पहिलो प्रशासनिक, दोस्रो खेलमैदान र तेस्रो स्टेपमा छात्राबास रहने परिकल्पनाका साथ योजना अगाडी बढाइएको अध्यक्ष रायामाझीले बताए ।
क्याम्पस अध्यक्षमा पुनः रायामाझी
रौता जनता क्याम्पसको तेस्रो क्याम्पस सभाले अध्यक्षमा पुनः अम्बरबहादुर रायामाझीलाई जिम्वेवारी दिएको छ । दोस्रो कार्याकालमा छनौट भएका रायामाझी रौतामाई गाउँपालिका वडानं ७ निवासी हुन् । त्यसैगरी उपाध्यक्ष त्रयमा बिरेन्द्र मगर, कुमारी आलेमगर र लोकबहादुर खडका सर्वसहम चयन भएका छन् ।
१९ सदस्य रहेको समितिको सदस्यमा पुर्वअध्यक्ष भरतबहादुर खड्का, पुर्वकोषाध्यक्ष एवंम गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्का, इश्वर रानामगर, धर्मसिंह तामाङ, मनोज रानामगर, रमेश मगर, लोकबहादुर तामाङ, अमृत गदाल, सोमबहादुर बस्नेत लगायत रहेकाछन् । त्यसैगरी सभाले जितुहर्क तामाङको संयोजकत्वमा ९ सदस्य सल्लाहकार समिति चयन गरेको अध्यक्ष रायामाझीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया