उदयपुरमा खुकुरी प्रहारबाट एक जना घाईते

उदयपुरमा खुकुरी प्रहारबाट एक जना घाईते
उदयपुर । उदयपुरको बेलका नगरपालिका २ बानडाँडामा खुकुरी प्रहारबाट एक जना घाईते भएका छन । शनिबार दिउँसो १ बजेको समयमा स्थानिय सितु मान राईले आफ्नै घरमा बस्ने बुहारी बर्ष ३० की चन्दा राईसँग घरयासी ब्यावहारिक बिषयमा बिवादका क्रममा खुकुरी प्रहार गरी घाईते बनाएका थिए । घाइतेलाई उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने खुकुरी प्रहार गर्ने सितु मान राईलाई प्रहरी चौकी भागलप...

उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको घटना स्थलमै मृत्यु, दुई जना घाइते

उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको घटना स्थलमै मृत्यु, दुई जना घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ११ मा माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । सोलु करिडोरको ३२ केभिए प्रसारण लाइनका लागि हाइस्टेशन फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । माटोको ढिस्कोले पुरिएर सोही कम्पनीका कामदार स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटना स्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनामा स्थानी...

सिरहामा एलपी ग्यास सिलिन्डर लिकेजबाट आगलागी, साढे दुई लाखको क्षति

सिरहामा एलपी ग्यास सिलिन्डर लिकेजबाट आगलागी, साढे दुई लाखको क्षति
राजेन्द्र महतो, लहान । सिरहाको कल्याणपुर नगरपालिका ११ मा शनिबार विहान एलपी ग्यास सिलिण्डरको रेगुलेटर लिकेज भई आगलागी हुँदा साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट भउको छ । ज्ञान मण्डलको घरमा खाना पकाउँदै गरेको अवस्थामा एक्कासी एलपी ग्यास सिलिन्डरको रेगुलेटर लिकेज हुँदा आगलागी भएको थियो । मण्डलको घरमा रहेको लत्ताकपडा, ३ क्विन्टल चामल, काठको दराज, बाकस, टेबुल, १० हजार नगद, जग्गाको लालपुर्जा लगायतका ...

वनमा आगो सल्काउनेले नै अध्यक्षमाथि कुटपिट गरे

वनमा आगो सल्काउनेले नै अध्यक्षमाथि कुटपिट गरे
उदयपुर । उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका पूर्व उपाध्यक्षद्वारा वर्तमान अध्यक्षमाथि कुटपिट गरेको छ । त्रियुगा नगरपालिका १३ असारी सामुदायिक वन उपभोक्ता समुहका पूर्व उपाध्यक्षद्वारा विष्णुबहादुर थापा उर्फ मणिडनले वतर्मनमा अध्यक्ष ७२ वर्षिय वर्णलाल दाहालमाथि कुटपिट गरेपछि गम्भिर घाइते भएको गाईघाट डिभिजन वन कार्यालय जानकारी दिएको छ । गए शुक्रबार राती वनमा डढेलो लगाउँदै गरेको अवस्थामा पूर्व उप...

भालुको आक्रमणबाट घाइते वृद्धको आर्थिक अभावले उपचारमा समस्या

भालुको आक्रमणबाट घाइते वृद्धको आर्थिक अभावले उपचारमा समस्या
उदयपुर । उदयपुरमा भालुको आक्रमणबाट घाइते भएका एक वृद्धको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । कटारी नगरपालिका १ बेलस्रोत बस्ने ७७ वर्षीय वृद्ध नैन बहादुर पहरी नेवार फागुन २७ गते भालुको आक्रमणमा परी घाइते भएका थिए । स्थानीय चुरिया जङ्गलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि घाइते नेवारको आर्थिक अवस्था कमजोरका कारण समस्या भएका हुन् । घाइते वृद्धको उपचारको लागि विराटनगर स्थित नोबेल अस्पत...

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम सम्पन्न

तीन महिने व्युटिपार्लर सम्बन्धी तालिम सम्पन्न
उदयपुर ।  घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा दिएको तीन महिने निःशुल्क व्युटिपार्लर तालिम सम्पन्न भएको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बत...

त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम

त्रियुगा नदीलाई बहुउपोगी बनाउन, थाल्यो त्रियुगा सभ्यता र विकासको काम
उदयपुर । त्रियुगा नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालेको छ । त्रियुगा उपत्यकाका लागि अहिले सम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीलाई बहुउपयोगी बनाउन गुरु योजना (डिपिआर ) तयार पारेर काम अघि बढाएको छ । नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदानमा’ साबित गर्ने उद्देश्यले नगरपालिकाले ‘त्रियुगा सभ्यता’ र बिकास नाम दिएर अभियान चलाउन थालेको हो । बरुवा र त्रियुगा नदिमा वर्षेनी आउने बाढीले ख...

वन मुद्धामा फरार अभियुक्त पक्राउ

वन मुद्धामा फरार अभियुक्त पक्राउ
उदयपुर । उदयपुर जिल्ला अदालतको फैसला बमोजिम वन मुद्धामा फरार अभियुक्त शुक्रबार पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ बस्ने २३ वर्षिय मनोज भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । वन सम्बन्धि मुद्धामा फरार अभियुक्तले ७ महिना कैद र ४१ हजार ६ सय जरिवाना भुक्तान गर्न बाँकी रहेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए ।...

उदयपुरमा लागूऔषधसहित एक जना पक्राउ

उदयपुरमा लागूऔषधसहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा लागुऔषध सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकी अगाडी चेक जाँच गर्ने क्रममा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बोक्सेका ३१ वर्षिय चन्द्र शेखर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेको साथबाट डाईजेलाब ५ एम्पुल, फेनारगरन ५ एम्प...

प्रदेश २ को एसईई परीक्षा स्थगित

प्रदेश २ को एसईई परीक्षा स्थगित
काठमाडौं । सरकारले प्रदेश २ मा माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणिले विज्ञान तथा सामाजिक विषयको प्रश्न पत्र परीक्षा अघि नै बाहिरिएपछि प्रदेश २ को परीक्षा चैत महिना भित्रै लिने गरी तत्कालका लागि स्थगित गर्ने निर्णय लिइएको जानकारी दिएका हुन् । उनले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी आगामी २२ गते लिने भनिएको विज्ञान विषय...