उदयपुर । एउटा मानिसको बिचारले समाज परिर्बतन हुन्छ त्यो बिचार जन्माउने थलो किताब हो, किताब पुस्तकालयमा पाईन्छ । पुस्तकले संसार चिनाउँछ । पुस्तकले मानिसको जीवन के हो बुझाउँछ । संसारमा भएको जति पनि अग्रगामी परिर्बतन पुस्तकको अध्यायनबाट सम्भब भएको हो ।
पुस्तकबाटै राज्य संचालन हुने र नीति नियम तथा रुपान्तरण त्यहि पुस्तकको अध्ययनले गर्दछ । मानिस पनि एक पुस्तक हो । अनि ज्ञानको भण्डार पनि हो । तर यसलाई पुस्तकको अध्ययन बिना काम नलाग्ने भएकोले पुस्तकको अध्ययन गर्न जरुरी रहेको छ ।
पुस्तक आफैमा एक पूर्ण भएकोले एक व्यक्ति देखि विश्वलाई बदल्ने विचार ल्याउँछ । एक शक्तिशाली वस्तु जुन ज्ञानको भण्डारले भरिएको पुस्तक आजको पुस्ताले कमै पढ्ने गरेकाले पुस्तकालयहरु ओझेलमा पर्दै गएको देखिन्छ । मानिस आफनै कारणले धनि र गरिब हुन्छ । पुस्तक अध्यायन गर्न सके जीवन चलाउने धेरै कुरा पुस्तकबाट सिक्न सकिन्छ । समाज परिर्वतन गर्न जरुरी भएकाले त्यसका लागि पुस्तकको अध्यायन जरुरी हुने हुन्छ ।
पुस्तकको अध्यायनपछि बिचारको जन्म हुन्छ । कानुनको नजरमा सबै बराबर हो । यस्तो प्रबिधि र चिन्तन बोक्ने हाम्रो समाजमा बलियो पक्ष छ । त्यसलाई रुपान्तरण गर्न पनि पुस्तकको अध्यायन जरुरी रहेको संगम सामुदायिक पुस्तकालय अध्यक्ष भरत खड्काले बताए ।
राज्य परिर्वतनसँगै राज्य सञ्चालनका निम्ति निर्माण भएको कानुनको पुस्तक अध्यायन गरि हाम्रो समाज र हामी परिर्वतन हुन जरुरी छ । ज्ञानको ज्योति छर्ने पुस्तक भएकोले संगम सामुदायिक पुस्तकालय बताएका हुन । संगम सामुदायिक पुस्तकालयले पुस्तक अध्यायन गर्ने बातावरण निर्माण गरि अघि बढ्न आग्रह गरेको छ ।
पुस्तकालय ज्ञानको केन्द्र हो, पुस्तकालयले प्रगतिसिल बिचार धाराको प्रतिनिधित्व गर्दछ । पुस्तकालय समाज परिर्वतन गर्ने थलो पनि हो । निरन्तरको मेहनत र प्रयासले सफलता हासिल गर्न सकिने भएकाले समाजमा रहेको सबैलाई पुस्तकालयमा ल्याई पढ्ने बातावरण बनाउन सके समाज रुपान्तरण हुने थियो त्रियुगा नगरपालिकाका वडा अध्यक्ष बिश्वराज भट्टराईले बताए । हामी बिकास भन्छौं, बिकास भनेको बिग्रिएको काम सपार्ने हो । त्यसका लागि पनि पुस्तकालय गई पुस्तक अध्यायन गर्नु पर्दछ ।
पुस्तकले शक्तिशाली बिचारको जन्म हुन्छ, पुस्तकले नै मानिसलाई सिपयुक्त बनाउँछ । पुस्तक अध्यायनपछि सिपले मानिसलाई सक्षम बनाउँछ । आज मोवाईल ईन्टरनेटले गर्दा पुस्तक कमैले पढ्छन् । पुस्तक भित्रको ज्ञानको महत्व भुलेकाले दुःख पाउने पोखरेलले बताए । पुस्तकको एक शब्दले विश्वलाई बदल्ने विचार प्रदान गर्दछ । सामाजिक संजाललाई ठिक सँग चलाए पुस्तकलाई पनि अध्ययन गर्नु पर्ने पोखरेलले बताए । आजको पुस्तालाई पुस्तक अध्ययन गर्न आकर्षण गर्नको लागि विभिन्न चेतनामुलक कार्यक्रम गर्नु पर्ने जरुरी रहेको पोखरेलले औल्याए ।
संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले नमूना पुस्तकालय निर्माण र श्रोत बिकास केन्द्र बनाउने अभियानमा रहेको औल्याए । समाजको गातिविधिलाई प्रत्यक्ष रुपमा नियाल्दै सहयोग गर्दै आएको पुस्तकालयले नयाँ पुस्ताका युवा युवतीले पुस्तकलाई त्यति ध्यान नदिएको भएपनि अत्याधुनिक सेवा सुविधा युक्त नमुना पुस्तकालय बनाउने उद्देश्य लिएको संगम सामुदायीक पुस्तकालयको अध्यक्ष खड्काले बताए । शुक्रवार त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहित वडा सदस्यहरुलाई सामुदायिक संगम पुस्तकालको अबलोकन गराउने क्रममा सो बताएका हुन ।

तपाईको प्रतिक्रिया