डि.एन चौधरी, उदयपुर । थारु कल्याणकारिणी सभा उदयपुरले अवको थरुहट आन्दोलन सशक्त हुने बताएका छन् । थाकस बेलका नगर कमिटीलाई सम्बोधन गर्दै थारु अगुवाहरुले यस्तो बताएका हुन् ।
आफ्नो हक अधिकारको लडाईमा सम्पूर्ण थारुहरु एक जुट भएर अगाडी बढ्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा थाकस जिल्ला अध्यक्ष शिवकान्त चौधरीले बताए । उनले जातिय जनसंख्याको आधारमा राज्यका सवै क्षेत्रमा पूर्ण समानुपातिक ग्यारेन्टी गर्न हाम्रो आन्दोलन केन्द्रित भएको बताए । ‘थारुकै छोरा भएका कारण राजनीतिक मुद्दामा सांसद रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाउनु र व्यक्तिगत रुपले मानिसको ज्यान मार्ने, माफिया डन प्रदेश सांसद दिपक मनाङ्गेलाई कानूनले पनि जेलमुक्त गराउनु कहाँको न्याय हो ?’ अध्यक्ष शिवकान्त चौधरीले बताए । थारुको हक हित र अधिकारको लागि जस्तो सुकै कदम पनि चाल्न थाकस उदयपुर पछि नपर्ने बताए । थाकसको आन्दोलन जारी रहेकोले सवैले साथ दिनु पर्ने बताए ।
मिश्रीकान्त चौधरीको अध्यक्षतामा ११ सदस्य थाकस बेलका नगर कमिटी गठन गरेको छ । त्यस्तै थारू महिला सभा बेलका नगर समितिमा राज कुमारी चौधरी र थारू युवा सभा बेलका नगर समितिमा सर्मिला कुमारी चौधरीको नेत्तृत्वमा कमिटी गठन गरिएको थारू युवा सभा उदयपुरको अध्यक्ष दुलिराम चौधरीले बताए ।
कार्यक्रममा थारू युवा सभाका केन्द्रिय उपाध्यक्ष तिलाई चौधरी, थाकस सहसचिव बद्रि नारायण चौधरी, थारू महिला सभा केन्द्रीय कोषाध्यक्ष बिक्रमी चौधरीे सहित थारू बुद्धिजीवि, थारु युवाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया