ग्रेडिङ सुन्तलाले कृषकलाई राम्रो आम्दानी
उदयपुर / उदयपुरमा व्यवसायिक रुपमा उत्पादित सुन्तलाले ब्राण्ड पाउँदा कृषक हर्षित भएका छन् । ताप्ली गाँउपालिका १ ओख्लेका व्यवसायिक सुन्तला खेती गर्ने इन्द्रबहादुर शाही यस पटक दंग परे । कारण सानो छ, आफ्ैले उत्पादन गरेको सुन्तला ग्रेडिङ र प्याकिङ गरी पहिलो पटक बजार पठाउँदा शाही दंग परेका हुन ।
‘किसानले उत्पादन गरेको फलफुल पनि ब्राण्ड बन्दो रहेछ,’ उनले भने, ‘अव मेरो ग्रेडिङ सहित लेवलिङ गर्दा कसैले पनि...












