सुखिलाल चौधरी, उदयपुर / मुलुकको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन परिमाणमा २६ वर्षपछि नयाँ किर्तिमान कायम गरेको छ । मंगलबार उदयपुर सिमेन्ट उद्योगले ८ सय ३५ मेट्रिक टन उत्पादन गरेर नयाँ इतिहास रचेको छ ।
सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो । यस अघि मंसिर २ गते ९६ दशमलव २६ प्रतिशत अर्थात ७ सय ७० मेट्रिक टन उत्पादन गरेको गरेको थियो । दैनिक आठ सय मेट्रिक टन उत्पादन गर्नसक्ने क्षमता रहेको सो उद्योगले मंगलबार २४ घण्टामा १०५ प्रतिशत अर्थात ८ सय ३५ मेट्रिक टन सिमेन्ट उत्पादन गरी आफ्नो अढाई दशक लामो यात्रामा अर्को नयाँ किर्तिमानी कायम गरेको हो । मंगलबार २४ औं विद्युत आपूर्ति हुँदा यो नयाँ इतिहास कायम गर्न सकेको उद्योगका महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले बताउनु भयो । उहाँका अनुसार यसरी नै २४ औं घण्टा विद्युत आपूर्ति हुने हो भने चार पाँच दिनमा प्रतिदिन ९ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सक्ने छ ।
वि.सं २०४९ साल मङ्सिर महिनाबाट उत्पादन सुरु गरेको उदयपुर सिमेन्ट उद्योगको गैंडा छाप ब्राण्डले यस अघि यति ठूलो परिमाणमा उत्पादन गर्न सकेको थिएन । उद्योगले अहिलेसम्मकै आफ्नो क्षमताको अधिकतम उपयोग गरेको हो । जापान सरकारले नेपाल सरकारलाई उद्योग हस्तान्तरण गरेपछि हालसम्म सबैभन्दा ठूलो परिमाणमा गैँडाछाप सिमेन्ट उत्पादन गर्न सफल भएको उत्पादन महा शाखा प्रमुख संजय कुमार लाल कर्णले बताउनु भयो । उहाँका अनुसार विद्युत २४ औं घण्टा आपूर्ति भएमा यो क्षमता अझै बढी हुन सक्ने बताउनु भयो ।
उद्योगले शतप्रतिशत उत्पादन दिन शुरु गरेको छ । उद्योग मन्त्रालयले राजनीतिक नियुक्ती भन्दा कुशल, अनुभवी व्यवस्थापक नियुक्ती गरेमा उत्पादनको यो गति कायमै रहने उद्योग संचालक समितिका अध्यक्ष अकरुर खड्काले बताए ।

असोज महिनाको पहिलो सातादेखि सुरु भएको मर्मत कार्य कात्र्तिकको पहिलो सातासम्म लागेको थियो । उद्योगको मुख्य भाग मानिने किल्लर (कच्चा पदार्थ पकाएर सिमेन्ट बनाउने अग्नि यन्त्र) लगायत २२ वटा ठूला यन्त्रको पूर्ण मर्मत र पुनः जडान गरिएको हो । धेरै सामानहरु खिएर कामै नलाग्ने र केही टुटेर उद्य%

तपाईको प्रतिक्रिया