उदयपुर / सनराईज बचत खातामा ४ अदभुत सुविधा योजना अन्तर्गत स्वास्थ्य तथा दुर्घटना विमा योजना ल्याएको छ । शाखा कार्यालय गाईघाटले शनिबार त्रियुगा नगरपालिका ३ राम जानकी माध्यमिक विद्यालय मोतिगडमा स्वास्थ तथा दुर्घटना बिमा तथा इलेक्ट्रोनिक बैंक को सम्बन्धमा जानकारी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै बैंकको जलजले शाखाले पनि त्रियुगा नगरपालिका ६ जलजले बजारमा समेत स्वाथ्य तथा दुर्घटना बीमा योजनाको बारेमा आफ्ना ग्राहकहरुलाई जानकारी गराएको छ ।
एक कार्यक्रमका बीच स्वास्थ, दुर्घटना बिमा तथा इलेक्ट्रोनिक बैंकको बारेमा जानकारी र अन्य विभिन्न कुराहरुमा समेत छलफल गरि ग्राहकका समस्याको समेत समाधान खोजिएको थियोे ।
स्वास्थ बिमा अन्तर्गत बचतकर्ताहरुले बैंकबाट स्वीकृत अस्पतालमा भर्ना भै स्वास्थ उपचारमा २५ प्रतिशत वा विल बराबरको स्वास्थ्य विमा पाउने छन् । बैंकको यो योजना अन्तर्गत खाता खोल्ने सबैले सेवा पाउने छन । बचत कर्ताको कारोबारको आधारमा ३ सय ६५ दिनले भाग गरी आउने २५ प्रतिशत रकम बराबरको उपचार तथा दुर्घटना विमा गर्ने सनराइज बैंक गाईघाटका शाखा प्रबन्धक संजय कुमार कर्णले जानकारी दिए ।

यस्तै बैंकको बचतमा ६ प्रतिशत व्याज, २५ प्रतिशत स्वास्थ्य बीमा, ५ लाखसम्मको दुर्घटना बीमा र सनराइज बैंकले समन्वय गरेका सय भन्दा बढी अस्पतालमा स्वास्थ्य परीक्षणमा २० प्रतिशतसम्म छुट योजना समेत रहेको अन्तरक्रियामा जानकारी दिए ।
सनराइज बैंक लिमिटेड गाईघाट शाखाले आफ्ना ग्राहकको स्वास्थ्य तथा दुर्घटना बीमा योजना संचालन योजना अन्र्तगत बैंकका बचत कर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँ नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दाबी गर्न पाउने जानकारी गराइएको छ ।
ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने व्यवस्था गरिएको सनराइज बैंक जलजले शाखा प्रबन्धक उमेश कुशुवाहाले जानकारी दिए । सम्झौतासगै बचत खाताका ग्राहाकहरुले दुर्घटना साथै स्वास्थ्य बिमा सुविधा पाउने भएका छन् । ग्राहाकको स्वास्थ्य बिमाका लागी बैकले तोकेको एक सय ५० भन्दा बढी अस्पतालबाट यो सुविधा लिन सकिनेछ । स्वास्थ्य बिमा रकम दावि गर्न अस्पतालबाट डिस्चार्ज भएको १५ दिन भित्र बैंकले तोकेको फारम भरी स्वास्थ्य उपचारको कागजात संलग्न गरी पेश गर्नु पर्नेछ । ग्राहाकको स्वास्थ्य बिमाका लागी बैकले शिखर ईन्सुरेन्स कम्पनी संग सम्झौता गरेको छ ।

यस्तै दुर्घटना बीमा अन्तर्गत कुनै बचतकर्ताको दुर्घटनामा मृत्यु वा स्थायी तवरले असक्त भएमा ५ लाखमा नबढ्ने गरि बचत खातामा रहेको मैजातको ४ गुणा सम्म दावि गर्न सकिने छ । हरेक बचत खाताका बचत कर्ताहरुलाई डवल सुरक्षा भन्ने नाराका साथ सनराइज बैकले स्वास्थ्य र दुर्घटना बिमा विमा पनि दिएको छ । यस सुविधा सम्बन्धी थप जानकारीका नजिकैको शाखाहरुमा गएर बुझ्न सकिने छ ।
यस बैंकको गाईघाट शाखामा तीन हजार दुई सय भन्दा बढी र जलजले शाखामा चार हजार भन्दा बढी बचत कर्ता रहेको बैंकका कर्मचारी संजय गेलालले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा केन्द्रिय मुख्य शाखाका देवचन्द्र भट्ट र केन्द्रिय कार्यालयका मानव समसाधन विभागका प्रियंका सिंह श्रेष्ठको समेत उपस्थित रहेको थियो ।









