उदयपुर / त्रियुगा नगरपालिकामा दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव हुने भएको छ । “मेहनत श्रृजना, उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मूल नाराका साथ दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसिर २० देखि २९ गतेसम्म गाईघाटमा हुने शनिबार विहान पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, उदयपुरको आयोजनामा हुने महोत्सवले १ नं. प्रदेशका दुरदराजमा रहेका उद्यमीहरुलाई एकैथलोमा भेला गरी बजार प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनाई सहयोग पुर्याउने उद्देश्य महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा अध्यक्ष मधुकर थापाले बताए । महोत्सवको बारेमा जानकारी दिदै अध्यक्ष थापाले गत बर्षदेखि बार्षिक रुपमा मनाउन थालिएको महोत्सवलाई निरन्तरता दिदै यो दोस्रो महोत्सव हुने बताए ।
महोत्सवमा एक सय स्टलहरुमा उद्यमीहरुको स्थानीय उत्पादन नै प्रमुख आकर्षकको रुपमा रहने जनाइएको छ । स्थानीय सरकार समृद्ध बन्ने एउटा खम्बाको रुपमा उद्यम क्षेत्रलाई लिदै सबै तहका सरकारलाई औद्योगिक मैत्री तथा लगानी मैत्री बनाउनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताइएको छ । सबै तहका सरकारले साना उद्योगहरुको विकास र प्रवद्र्धनमा थुप्रै ऐन नियमहरु सुधार गर्न जरुरी रहेको भन्दै नितिगत कुरामा समेत ध्यानाकर्षण गराउन सकिने बताइएको छ ।
महोत्सवलाई भब्यरुपमा सफल पार्न जनप्रतिनिधि, उद्योगी, व्यपारी, राजनैतिक दल, नागरिक समाज, शिक्षक, कर्मचारी, बुद्धिजिवि, विद्यार्थी, पत्रकार सबैको महत्वपूर्ण साथ सहयोग आवश्यक रहेको भन्दै अध्यक्ष थापाले सबैलाई अवलोकन गरी सहभागिता जनाई दिन अनुरोध गरेका छन् ।









