त्रियुगा नगरपालिकाको मोबाइल एप्स संचालन
उदयपुर / त्रियुगा नगरपालिकाले नगरपालिकाकासबै सुचनाहरु एकै ठाउँबाट हेर्न सकिने गरि मोवाइल एप्स विहिबारबाट संचालनमा ल्याएको छ । मोवाइल एप्सबाट नगरपालिकाका सूचना, जानकारी, परियोजनाबारे जानकारी प्रशासनिक तथा आर्थिक गतिविधी मोवाइल मै हेर्न सकिने गरि नगरपालिकाले एप्स निर्माण गरेर सार्वजनिक गरेको हो ।
नगरपालिकाका सेवाका बारेमा जानकारी र सूचना दिन एप्स संचालनमा ल्याएको नगर प्रमुख बलदेव चौधरीले बताए ।...













