उदयपुर / त्रियुगा नगरपालिकाले नगरपालिकाकासबै सुचनाहरु एकै ठाउँबाट हेर्न सकिने गरि मोवाइल एप्स विहिबारबाट संचालनमा ल्याएको छ । मोवाइल एप्सबाट नगरपालिकाका सूचना, जानकारी, परियोजनाबारे जानकारी प्रशासनिक तथा आर्थिक गतिविधी मोवाइल मै हेर्न सकिने गरि नगरपालिकाले एप्स निर्माण गरेर सार्वजनिक गरेको हो ।

नगरपालिकाका सेवाका बारेमा जानकारी र सूचना दिन एप्स संचालनमा ल्याएको नगर प्रमुख बलदेव चौधरीले बताए । एन्ड्रोइड मोवाइलमा Playstore मा triyuga municipality टाइप गरि install गर्न वा हेर्न सकिने नगरपालिकाका सूचना प्रविधी अधिकृत अवुध अलीले बताए । उनले नगरपालिकाका सबै गतिविधी एप्सबाट सार्वजनिक गर्ने पनि जनाए ।
यो एप्लिकेशनबाट वडागत बिबरण तथा जानकारी, ई–मिटिङ, कर्मचारी बिवरण, जनप्रतिनिधि, आपतकालीन नम्बरहरु, धार्मिक तथा पर्यटकिय महत्वपूर्ण स्थानहरु, स्थानीइ उत्पादन, व्यापार, प्राय सोधिने प्रस्नहरु ऐन, कानुनहरु, मोबाईलबाटै हेर्न सकिने व्यवस्था गरिएको हो । एप्सबाट बोलपत्रको सूचना, कार्यक्रम तथा परियोजनाको जानकारी, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाको जानकारी, तथ्याङ्क लगायत अन्य सुविधा बारे पनि एप्समा उपलब्ध हुने छ ।
नगरपालिकाको सेवाको बारेमा बुझ्न र गुनासो समेत दर्ता गर्न सकिने छ । नगरपालिकाले आगामी दिनहरुमा थप बिवरण समाबेस गरि अझ उत्कृष्ट बनाउने जनाएको छ । प्रविधिको विकाससँगै नगरवासीहरुलाई सहज सेवा सुविधा प्रदान गर्न एप्स संञ्चालनमा ल्याईएको मेयर बलदेव चौधरीले बताए । प्रविधिमैत्री नगर बनाउदै नगरपालिकाले एप्स मार्पmत सम्पूर्ण विवरण र जानकारी उपलब्ध गराउने भएको छ ।
एप्सले नगरपालिकाका गाविविधी पारदर्शी बनाउन र सुशासनको आयमलाई योगदान गर्ने विश्वास गरिएको छ । उक्त एप्स बिहिबार एक कार्यक्रमका बीच नगरपालिकामा लञ्च गरिएको छ । कार्यक्रममा नगरपालिका प्रमुख बलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल लगायत नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी सहभागी थिए ।









