उदयपुर / ‘सीप सिकौं, उद्यमी बनौं’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समिति उदयपुरद्वारा तीन महिने आधारभूत निःशुल्क व्युटिपार्लर तालिम संचालन गरेको छ । भगत सर्वजित कार्यक्रम अन्तर्गत श्रृजा व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको समन्वयमा तीन महिने आधारभूत निःशुल्क व्युटी पार्लर तालिम गाईघाटमा संचालन गरेको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियारले तालिमलाई सहि रुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्न तालिम महत्वपूर्ण सावित हुने बताए ।
बेरोजगारीको समस्याले दिनहु विदेशिने तथा स्वरोजगार बन्न व्युटी पार्लर तालिम महिलाहरुको लागि उपयोगी हुने बताए । संयोजक परियारले भने–‘तालिम आफ्नो घर भित्र सिमित नभई आयआर्जनमा मद्धत पुर्याउने खालको भएकोले यस किसिमको तालिम पश्चात आफैले पार्लर चलाउन आग्रह गर्दछु ।’
यस्तै त्रियुगा नगरपालिका ११ का वडा अध्यक्ष विश्वराज भट्टराईले मन लगाएर सिप सिक्न आग्रह गरेका थिए । उनले सीप सिकेपछि त्यसको उपयोग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अवसरको सदुपयोग गर्न सुझाव दिए । उनले तितो अनुभव सुनाउँदै गत वर्ष नगरपालिकाबाट व्युटी पार्लर तालिम संचालन गरेकोमा आधा जतिले मात्रै पूर्ण रुपमा तालिम लिएकोले अवको सिक्न चाहनेहरुलाई आधामा तालिम छोडनेहरुले वञ्चित गराएको बताए ।
यस्तै नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष भोटराज राईले तालिमले महिलाहरुलाई सिप सिकाएर आयआर्जनमा मद्धत पु¥याउनुको साथै संवेदनशील पेशा भएको बताए । उनले भने– ‘आँखी भौ, नाक, कानको फेसियल गर्दा गलत किसिमको केमिकलयुक्त पेष्टले गर्दा मानिसको अनुहार विग्रिने, आँखा नदेखिने लगायतको समस्या भएकोले त्यस्तामा सर्तक हुन अनुरोध गर्दछु ।’ पछिल्लो समय महङगो पैसा तिरेर महिलाहरुले सहरी क्षेत्रमा व्युटिपार्लर सम्वन्धी तालिम लिईरहेको अवस्थामा घरेलुले निःशुल्क प्रदान गरेकोले तालिमलाई महिलाहरुले सदुपयोग गर्नुपर्ने बताए ।
तालिमको लागि ३२ जनाको आवेदन परेपनि १० जना तालिमको लागि छनौट भएका हुन् । तालिम पौष ११ गतेदेखि चैत्र १० गतेसम्म संचालन हुने छ । कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक शम्भुप्रसाद साहले गरेका थिए भने संचालन राजु तुलाधर र स्वागत श्रृजा व्युटी पार्लर एण्ड टे«निङ सेन्टरका प्राशिक्षक श्रृजना पौडेलले गरेका थिईन् ।